मधेशका मुख्यमन्त्री राउतलाई ११ बुँदे मागसहित जनमतको ज्ञापन | Khabarhub Khabarhub

मधेशका मुख्यमन्त्री राउतलाई ११ बुँदे मागसहित जनमतको ज्ञापन


१२ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको छ ।

बुधबार पार्टीका उपाध्यक्ष वशन्तकुमार कुशवाहा नेतृत्वको टोलीले किसानलाई मलखाद उपलब्ध गराउनुपर्नेलगायत ११ बुँदे माग राखी मुख्यममन्त्री राउतलाई ज्ञापनपत्र बुझाएको हो ।

जनमत पार्टीले किसानका लागि पेन्सन, बालीनालीको स्वतः वीमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, फसलको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।

मधेशका किसानहरू समस्यामा पर्दासमेत संघ सरकारलाई दबाब दिन नसकेको भन्दै जनमत पार्टीले प्रदेश सरकारमाथि आक्रोश व्यक्त गर्दै आएको छ ।

यसअघि, बुधबार नै जनमत पार्टीका नेता तथा कार्यकर्ताले जनकपुरधाममा बाँसको भाटासहित प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ३ : ०० बजे

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल