राधा ट्रेलर : श्रीमानको पर्खाइ र खोजीमा राधा  | Khabarhub Khabarhub

राधा ट्रेलर : श्रीमानको पर्खाइ र खोजीमा राधा 


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीमानको पर्खाइ र खोजीमा रहेको एकल महिलाको कथामा आधारित फिल्म ‘द सेक्रेट अफ राधा’ को ट्रेलर सार्वजनिक गरिएको छ । एकल महिलाको संघर्षलाई फिल्ममा देखाइने छ भदौ १० गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘राधा’ ले पनि वैदेशिक रोजगारीकै विषय उठाएको छ । ट्रेलरले खुलेर यो कुरा देखाउन चाहेको छैन तर सृष्टि श्रेष्ठको चरित्रले यही कुराको संकेत गर्छ ।

पछिल्लो समय अभिनयमा पोख्त भनिएका अभिनेताहरूको हालीमुहाली रहेको फिल्ममा सृष्टिसहित सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव, लोकेन्द्र लेखक, बुद्धि तामाङ, पशुपति राई, दयाहाङ राई, निश्चल बस्नेतको अभिनय छ । फिल्ममा दयाहाङ र निश्चल अतिथि भूमिकामा छन्।

यस फिल्ममार्फत अभिनेता सौगात पहिलोपटक निर्माताको रुपमा आउँदैछन् । कालिप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मलाई निर्देशक समेत रहेका सुवर्ण थापा स्वयंले लेखेका हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ३ : २९ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द