सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी | Khabarhub Khabarhub

सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरमा शनिबार सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी गरिएको छ । देउला आधारभूत विद्यालय भेलुखेल ५ भक्तपुरमा बृहत् निःशुल्क स्वास्थ्य सेवा शिविरका साथै प्रदर्शनी गरिएको हो ।

क्लिनिक वान भक्तपुर तथा उज्यालो बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहयोगी संस्था श्री कुमारी क्लब रहेको थियो ।

शिविरमा सहभागी जनरल फिजिसियन डा. सुजिता वैद्यले स्वास्थ्य सेवाबारे जानकारी दिएका थिए । उनका अनुसार शिविरमा सेवा लिन आएका अधिकांश व्यक्तिमा हाडजोर्नीको समस्या देखियो । साथै, स्वास्थ्य शिविरमा आएका धेरै बालबालिकामा ज्वरो तथा खोकीको समस्या देखिएको थियो ।

शिविरमा दन्त विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ तथा जनरल फिजिसियनद्वारा परामर्श प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : १३ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज