'कृष्ण-लीला' गीतमा हिमाली सुन्दरता (भिडियो) | Khabarhub Khabarhub

‘कृष्ण-लीला’ गीतमा हिमाली सुन्दरता (भिडियो)


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबार फिल्म ‘कृष्ण-लीला’ मा समावेश नयाँ गीत ‘ए मेरो हजुर’ सार्वजनिक गरियो । सार्वजनिक गीतमा रवि ओड र सुनीता कार्कीको स्वर,डा. डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत छ । उत्सव दाहालको छायांकन र माइकल चन्दको कोरियाग्राफी रहेको गीतले नेपालको हिमाली सौन्दर्यतालाई समेटेको छ । गीत मनाङ जिल्लाको तिलिचो ताल र त्यसभन्दा माथिको करिब ५२ सय मिटर उचाइको रमणीय स्थलमा खिचिएको हो । 

No description available.पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनीत गीतले नेपालको हिमाली भेगको सुन्दरतालाई देखाउन कुनै कसर बाँकी छाडेको छैन । गीत सार्वजनिक गर्दै अभिनेता पुष्पले ‘कृष्ण–लीला’ मा आफूले अत्यन्तै मिहिनेत गरेको स्मरण गर्दै ‘ए मेरो हजुर’ पनि दर्शकले अधिक मन पराउने विश्वास व्यक्त गरे । ‘फिल्म तथा गीतका लागि मिहीनेत गर्न कत्ति पनि कन्जुस्याँइ गरेका छैनौ,’ उनले भने, ‘हाइ अल्टिच्युडमा समेत हामीले ज्यानको पर्वाह नगरी काम गर्यौ । अहिले पर्दामा हेर्दा त्यतिबेला गरेको दुःख सबै बिर्सिएको छु ।’ उनले आफू कृष्णको शीर्ष भूमिकामा रहेको खुलाए ।

No description available.गीतमा फिचर्ड श्रद्धाले डेब्यु फिल्म भएकाले आफू उत्साहित भएको प्रतिक्रिया दिइन् । उनले आफू अभिनयमै करिअर बनाउने योजनाका साथ आएकाले ‘कृष्ण–लीला’ हेरेर आफ्नो कामको प्रतिक्रिया दिनुहुन सबैमा अनुरोध गरिन् । ‘हिमाली भेगमा चिसोको वास्ता नगर्दै हामीले गरेको मेहनतले अहिले पर्दामा हेर्दा आनन्द महसुस गराएको छ’ उनले भनिन् । 

No description available.निर्देशक दीपक वलीले आफूले मनोरञ्जनक फिल्म निर्माण गरेको बताए । उनले ‘कृष्ण लीला’ को यसअघिको ‘त्यो कथामा एउटा राजा एउटी रानी।।’ र ‘डिएर बन्न मन छ मलाई।।’ श्रोता दर्शकले अत्याधिक मन पराएकोमा धन्यवाद व्यक्त गर्दै फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरे । भदौ ३ गते कृष्ण जन्माष्टमीका दिन प्रदर्शन हुने फिल्ममा पुष्प,श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, आयुषा क्षेत्री, हिउँवाला गौतम तथा बालकलाकार आयुष गुरागाइँ मुख्य भूमिकामा छन् । फिल्मलाई निर्देशक समेत रहेका रंग पत्रकार लक्ष्मण सुवेदीले लेखेका हुन् ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ४ : २८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०