अमेरिकी सर्वोच्च अदालतको फैसलाप्रति बेलायती प्रधानमन्त्रीले भने– पछाडितर्फ ठूलो कदम | Khabarhub Khabarhub

अमेरिकी सर्वोच्च अदालतको फैसलाप्रति बेलायती प्रधानमन्त्रीले भने– पछाडितर्फ ठूलो कदम


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी गरेको फैसलालाई ‘पछाडितर्फ ठूलो कदम’ भनेका छन् । रुवान्डाको राजधानी किगालीमा कमनवेल्थ सरकार प्रमुखहरूको बैठकका क्रममा जोनसनले अमेरिकी सर्वोच्च अदालतको फैसलाले ‘विश्वभरका मानिसहरूको सोचमा ठूलो प्रभाव पारेको’ बताए ।

‘मलाई लाग्छ कि यो पछाडितर्फ ठूलो कदम हो । म सधैँ महिलाको छनौट गर्ने अधिकारमा विश्वास गर्छु । म त्यो दृष्टिकोणमा अडिग छु । तसर्थ, बेलायतमा कानुन छ ’, उनले भने । अमेरिकी सर्वोच्च अदालतले एउटा महत्वपूर्ण फैसलामा शुक्रबार देशव्यापी रूपमा गर्भपतनलाई वैद्य हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याइदिएको थियो ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १ : ४३ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय