पार्टीभित्र बहस र विवाद हुँदा आत्तिनु पर्दैन- माधव नेपाल | Khabarhub Khabarhub

पार्टीभित्र बहस र विवाद हुँदा आत्तिनु पर्दैन- माधव नेपाल


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र बहस र विवाद हुँदा आत्तिनुपर्ने अवस्था नभएको बताएका छन्।  पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा विवाद हुन्छ भनेर कतिपय तर्किने गरेको सुन्नमा आएको समेत बताएका हुन्।

उनले भने, ‘अहिले हामी पार्टीको चौथो बैठक बसिरहेका छौँ। पार्टी विधानलाई ध्यानमा राखेर अगाडि बढेका छौँ। बैठकमा बस्दा विषयवस्तुमा छलफल गर्दा बहस विवाद हुन्छ। तर्क वितर्क हुन्छ। आत्तिनुपर्ने छैन। विवाद हुन्छ भन्ने कतिपय तर्किने गरेको सुन्नमा आएको छ। बैठक भनेको झ्याउ हो भनेर टार्ने गरेको विभिन्न स्तरमा रहेको सुन्नमा आएको छ। बैठक छल्नुपर्दैन।’

एमालेबाट विद्रोह गरेर आयोगबाट वैधानिकता हासिल गरेर सबै गतिविधिलाई अगाडि बढ्दा छोटो समयमा राम्रो उपलब्धि प्राप्त गरेको उनले बताए । आ–आफ्नो प्रदेश, जिल्ला, पालिका वडा तहसम्म निर्माण गरेको कमिटी र संगठन चलायमान बनाउन निर्देशन समेत दिएका छन् । 

कम्युनिष्ट पार्टीमा आलोचना र आत्मालोचना पद्धति स्थापित भएको समेत उनको भनाइ छ । 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १ : ३८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६