करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ | Khabarhub Khabarhub

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरको प्रमुखमा जित सुनिश्चित गरेका बालेन साहलाई बधाई दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने भन्दै बालेन र उपप्रमुमा जित सुनिश्चित गरेकी सुनिता डंगोललाई बधाई दिएकी हुन् । सबै लोकतान्त्रिक बिचार राख्नेले नयाँ पुस्ताले गरेको यो ऊर्जाशील प्रयासलाई असाध्यै सकारात्मक तवरले लिनुपर्ने करिश्माको भनाई छ ।

तर उनले आफु एमाले समर्थक भएकोले पार्टीभित्र यस चुनावको नतिजाबारे समीक्षा हुनुपर्ने बताएकी छन् । धरानमा हर्क साम्पाङले जित्नु, विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवारले जित्नुलाई उदाहरणको रुपमा लिन सकिने भन्दै उनले एमालेले मात्रै होइन हरेक पार्टीले यो सत्यलाई मनन गर्नुपर्ने उल्लेख गरेकी छिन् । आफू पार्टीमा नयाँ सदस्य भएका कारण आन्तरिक कुरा कम थाहा हुन सक्ने भन्दै उनले चुनावी परिणामको गम्भीर समीक्षा गर्नुपर्ने पनि बताएकी छिन्।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ९ : ५४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०