पाक विदेशमन्त्री- 'एक न एक दिन पाकिस्तान र भारतबीचको सम्बन्ध सुमधुर हुनेछ' | Khabarhub Khabarhub

पाक विदेशमन्त्री- ‘एक न एक दिन पाकिस्तान र भारतबीचको सम्बन्ध सुमधुर हुनेछ’


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले एक न एक दिन पाकिस्तान र भारतबीचको सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेका छन् ।

स्विट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको वार्षिक बैठकका क्रममा उनले भारतसँग पाकिस्तानको सम्बन्ध राम्रोसँग अगाडि नबढिरहेको स्वीकार गर्दै आफ्नो देशले भारतलाई कूटनीतिक कारणले मात्र नभई आर्थिकरूपमा पनि संलग्न गराउन सक्ने बताएका हुन् ।

‘आज नभए भोलि, त्यो दिन अवश्य आउनेछ, जब हाम्रो सम्बन्ध सुमधुर बन्नेछ र हामी आफ्नो पूर्ण आर्थिक क्षमता विस्तार गरी समृद्धिको फल बाँड्नेछौँ’ भारतसहितका छिमेकीसँग आर्थिक  एवं व्यापारिक अवसर खोल्न पाकिस्तानले थालेका प्रयासबारे जानकारी दिँदै विदेशमन्त्री जर्दारीले भने ।

हाल भारतसँग पाकिस्तानको सम्बन्ध स्पष्टरूपमा अगाडि नबढेको तर एक दिन अन्तर्राष्ट्रिय संस्थासँगको सहयोग र समन्वयमा अन्तर्राष्ट्रिय व्यवस्था सुनिश्चित गर्ने स्थितिमा पुग्ने विश्वास व्यक्त गर्दै उनले कुनै न कुनै दिने छिमेकी भारतसँग कूटनीतिक रुपमा मात्र नभई आर्थिकरूपमा पनि संलग्न हुने बताए ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ९ : ५६ बजे

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न