बोर्डमा महिला नेतृत्वको चर्चा  | Khabarhub Khabarhub

बोर्डमा महिला नेतृत्वको चर्चा 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चलचित्र विकास बोर्डमा अध्यक्षको पद केही समयपछि रिक्त हुँदैछ । आउँदो जेठ २३ गतेबाट रिक्त हुने पदमा आकाङ्क्षी धेरै छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त हुने भएकाले पनि त्यहाँ पुग्ने ठुलै कसरत हुने गर्छ ।

 विकास बोर्ड सञ्चार मन्त्रालय अन्तर्गत पर्ने गर्छ । राजनीतिक नियुक्त हुने ठाउँ भएकाले मन्त्रालय र मन्त्रीमा दबाब उत्तिकै पर्ने नै भयो । यसपटक पनि पद रिक्त हुन् केही दिन बाँकी रहँदा नै रमेश बुढाथोकी , भुवन केसी , राजकुमार राई , सम्झना उप्रेती रौनियार , मनिष पण्डित जस्ता नामहरू चर्चामा आइसकेका छन् । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग नजिक रहेका एक नेताले विकास बोर्डलाई लिएर भेटघाट तथा संवाद सुरु भइसकेको बताए । माथि उल्लेख गरिएको केही नाम र केही अन्य नामहरू मन्त्री कार्कीको सचिवालयमा टिपिएका छन् ।

प्रशासकीय ज्ञान अभाव भएको व्यक्ति बोर्ड नेतृत्वमा बेलाबखतमा पुग्ने गरेकाले पनि फिल्ममा ‘विकास बोर्ड’ को विकास देखिएको छैन । किनकि फिल्म क्षेत्रको अनुभवसँगै प्रशासकीय ज्ञानले मात्र बोर्ड नेतृत्वले अहिले खड्किएका नीतिगत अभावलाई पुरा गर्न सक्छ । यसपटक बोर्डमा महिला नेतृत्व पुग्ने सम्भावना बढ्दो छ ।

 फिल्ममा विद्यार्थी हुँदै निर्देशकसम्म बन्दा नेपालसँगै मुम्बई फिल्म नगरीको अनुभव समेत संगालेकी सम्झना बोर्डको नेतृत्व लिने लिस्टमा अगाडी छिन् । राजनीतिक रूपमा नेपाली कांग्रेसकी महासमिति सदस्य समेत रहेकी सम्झनाले फिल्म नगरीमा पनि ४३ वर्षको उमेरसम्म आइपुग्दा फिल्म निर्माणदेखि निर्देशनसम्म, इभेन्ट म्यानेजरदेखि पत्रकारितासम्मको यात्रा तय गरिसकेकी छिन् ।

बोर्डको नेतृत्व गर्न तोकिएको शैक्षिक र कार्यगत अनुभव बटुलिसकेकी सम्झनाले बोर्डको नेतृत्व गर्लिन् त ? यो प्रश्नको जवाफ उनीसँग छैन । यद्यपि उनी नेतृत्वमा पुग्दा गर्न सक्ने कामको तयारी भने गरिसकेकी छिन् । ‘मैले फिल्मको विद्यार्थी हुँदै फिल्मकर्मी हुँदासम्म समस्यालाई सुनेको मात्र होइन , भोगेकी पनि छु । नीतिगत रूपमा बलियो बनाउनु त आवश्यक छ नै साथै केही व्यावहारिक कठिनाइलाई पनि हटाउनु छ’ सम्झनाले भनिन् । पद्‍मकन्या क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तरकी गरेकी सम्झनाले त्रिभुवन विश्वविद्यालय कलेज अफ फिल्म स्टडिजबाट स्नातक समेत गरेकी हुन् ।

नेपालमा मेघा र फागु फिल्म निर्देशन गरिसकेकी सम्झनासँग मुम्बई रहँदा भारतीय फिल्ममा सहायक निर्देशक र टेलिभिजन तथा टेलीफिल्ममा काम गरेको अनुभव पनि छ । ‘मुम्बईमा काम गर्ने आफ्नै शैली छ र यहाँ आफ्नै शैली । यद्यपि हामीले अहिले भोगेको समस्या कुनै समय त्यहाँ पनि नभोगिएको होइन । ती समस्यालाई राज्यसम्म पुर्‍याउने मात्र नभई समाधान गर्ने कार्य नै बोर्ड नेतृत्वले गर्नु पर्छ’ उनले भनिन् ।

दुई दशकभन्दा लामो समयदेखि नेपाली फिल्ममा सक्रिय सम्झनाले सरकाले बोर्डको नेतृत्व गर्ने अवसर मलाई दिएको खण्डमा फिल्मकर्मीका रूपमा आफूले भोगेका समस्याहरूलाई समाधान गर्दै अगाडी बढ्ने बताइन । ‘फिल्मलाई सहज रूपमा हलसम्म पुर्‍याउने , मौलिक फिल्मलाई प्रवर्द्धन गर्ने , नेपाली फिल्मको बजार अन्तराष्ट्रिय स्तरमा विस्तार गर्न सम्बन्धित पक्षहरूसँग पहल गर्ने लगायतका योजना छन् । सुन्दा उही पुरानै लाग्न सक्छ तर समाधान समस्याबाटै गर्नु पर्छ’ उनले भनिन् । पछिल्लो समय विदेशी फिल्मलाई स्वदेशमा छायांकनको लागि प्रेरित गर्ने र दिने सुविधा स्वदेशी फिल्मलाई उत्तिकै हुनु पर्ने उनको भनाइ छ ।

‘विदेशी फिल्म नेपालमा ल्याउनु राम्रो हो । उनीहरुलाई सा सुविधा दिनै पर्छ । किनकि फिल्मको माध्यमले पर्यटनमा टेवा पुर्‍याउन सकिन्छ । यद्यपि स्वदेशी फिल्मलाई पनि त्यो ग्राहयता दिनु पर्छ । हाम्रै फिल्मले पनि आन्तरिक पर्यटनमा टेवा पुर्‍याइरहेका छन्’ सम्झनाले भनिन् । आफ्नो अनुभवलाई संस्थागत गरी नेपाली फिल्मको प्रवर्द्धन गर्ने आफ्नो सपना रहेको रौनियार सुनाउँछिन् ।

बोर्डको नेतृत्वमा उनको फिल्म क्षेत्रको अनुभव, शिक्षा र बोर्डले महिला नेतृत्व पाउने भएकोले उनको सम्भावना पनि छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ६ : ५२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको