सौगात र सरोजलाई जुरेको 'घनचक्कर'  | Khabarhub Khabarhub

सौगात र सरोजलाई जुरेको ‘घनचक्कर’ 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय प्राय फिल्ममा देखिने कलाकार हुन् सलोन बस्नेत । बाल्यकाल देखि नै फिल्ममा देखा परिरहेका सलोनलाई सौगात मल्लसँग अभिनय गर्ने इच्छा थियो । आफ्नो भूमिकालाई जीवन्त बनाउन सौगातसँग सलोनले फिल्म ‘घनचक्कर’ मा काम गर्ने मौका पाए । सलोनका पिता शोभित बस्नेतले सलोनको इच्छा बारे बताएका हुन् । ‘सलोन अहिले फिल्म छायांकनको लागि विदेशमा छन् । उसको ठुलो इच्छा नै सौगातसँग काम गर्ने थियो । यो पुरा हुँदा सलोन निकै उत्साहित छन्’ शोभितले भने । 

पुराना कलाकार सरोज खनालले पनि आफूलाई सौगातसँग फिल्म खेल्ने रहर सुनाएँ । ‘मैँले सौगातजीलाई नाटकमा देख्दा नै फिल्ममा काम गर्न मन लागेको हो । उनले आफ्नो भूमिकामा प्राण भर्ने शैलीको म प्रशंसक हुँ’ सरोजले भने । उनले ‘कागबेनी’ देखि नै सौगातको फिल्म हेर्दै आइरहेका छन् । ‘मैँले उनको फिल्म र नाटकलाई हेर्न थालेको लामो समय भइसक्यो । घनचक्करमा काम गर्न पाएँ । एउटा राम्रो कलाकार अर्को राम्रो कलाकारसँग काम गर्न पाउँदा हर्षित हुन्छ’ सरोजले भने । 

सौगातले भने आफू सरोज र सलोनसँग काम गर्न पाउँदा खुशी लागेको बताए । ‘सरोज दाइले त्यसो भन्दा मलाई अप्ठ्यारो लागेको छ । किनकी मैले उहाँको काम देखेर धेरै सिकेको छु’ सौगातले भने । आफू फिल्ममा आउँदा सरोज अमेरिका रहेको स्मरण गर्दै उनले भने ,’मैँले अलि अलि नाटकमा सरोज दाइलाई देख्न पाएँ । म आफैँ काम गर्न उत्साहित थिए ‘ उनले भने । 

यस्तै सलोनसँग कुरा पहिला देखि नै भएयता पनि काम भन्ने गर्ने मौका बल्ल जुरेको बताए । ‘सलोन राम्रो कलाकार हुन् । उनले गर्ने कामले मलाई च्यालेन्ज गर्छ र झन् राम्रो काम गर्नु पर्ने दबाब हुन्छ । सलोन नयाँ पुस्ताका लागि क्यारेक्टर बाच्ने कलाकार हुन्’ सौगातले भने । प्रेम र पैसाको लागि युवाहरुबीचको ‘घनचक्कर’ लाई प्राथमिकता दिइएको छ । अभिनेता सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज खनाल, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी लगायत समेटिएका छन् ।

अर्जुन सिंहको कथामा बनेको फिल्ममा सम्पादन मित्र डि गुरुङको छ । जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्मलाई करुणा अर्याल र संगम भट्टले निर्माण गरेका हुन् । श्रीराम बालाजी फिल्मस् ले यो फिल्मको वितरण अधिकार लिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १ : ३३ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर