प्रहरी कार्यालयको शौचालयमा थुनुवा मृत फेला | Khabarhub Khabarhub

प्रहरी कार्यालयको शौचालयमा थुनुवा मृत फेला


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतको शौचालयमा एक थुनुवा मृत फेला परेका छन् । जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर-१२ का ४६ वर्षीय कृष्णलाल कुँवर मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज समेत रहेका प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले बुधबार बिहान करिब ५ बजे तिर कुँवर हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

उनले भने, ‘हिरासत कक्षबाट ट्वाइलेट गएका कुँवर शौचालयको भ्यान्टिलेटरमा टिसर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको अवस्थामा भेटिएका हुन् ।’ मृतक कुँवरलाई प्रहरीले गत १९ वैशाखमा ७ वर्षे नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।

स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १२ : २० बजे

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको