प्रहरी कार्यालयको शौचालयमा थुनुवा मृत फेला « Khabarhub

प्रहरी कार्यालयको शौचालयमा थुनुवा मृत फेला


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतको शौचालयमा एक थुनुवा मृत फेला परेका छन् । जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर-१२ का ४६ वर्षीय कृष्णलाल कुँवर मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज समेत रहेका प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले बुधबार बिहान करिब ५ बजे तिर कुँवर हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

उनले भने, ‘हिरासत कक्षबाट ट्वाइलेट गएका कुँवर शौचालयको भ्यान्टिलेटरमा टिसर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको अवस्थामा भेटिएका हुन् ।’ मृतक कुँवरलाई प्रहरीले गत १९ वैशाखमा ७ वर्षे नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।

स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १२ : २० बजे

राजदूत वाग्लेले बुझाए ओहोदाको प्रमाणपत्र

दोहा – बहराइनका लागि नवनियुक्त नेपाली राजदूत तीर्थराज वाग्लेले ओहोदाको

११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

बेइजिङ- एघार चिनियाँ सैन्य विमान ताइवान स्ट्रेटको मध्यरेखा पार गरेर

११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

बेइजिङ – एघार चिनियाँ सैन्य विमानहरू ताइवान स्ट्रेटको मध्यरेखा पार

सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर