बालेनले विजय उत्सव नमनाउने, घोषणापत्र कार्यान्वयन गर्ने | Khabarhub Khabarhub

बालेनले विजय उत्सव नमनाउने, घोषणापत्र कार्यान्वयन गर्ने


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुने पक्का भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले विजय उत्सव नमनाउने बताएका छन् ।

बिहान ११ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जित–हारलाई मतगणना सकिएसँगै बिर्सिन र विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेत नगर्न आग्रह गरेका छन्। उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजयउत्सव मनाउन सकिने धारणा राखेका छन् ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बालेनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गरेका हुन् । हालसम्म मतगणना गर्न बाँकी रहेको मतमध्ये एक मत पनि बालेनको पक्षमा नआए पनि उनले जित्नेछन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ११ : ५१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०