मलेसिया गएका संखुवासभाका युवा १५ वर्षदेखि ‘बेपत्ता’ | Khabarhub Khabarhub

मलेसिया गएका संखुवासभाका युवा १५ वर्षदेखि ‘बेपत्ता’



दोहा- रोजगारीका लागि मलेसिया गएका संखुवासभा खाँदबारी नगरपालिका-६ हिगुवा घर भएका प्रकाश मगर विगत १५ वर्षदेखि बेपत्ता छन्। उनी सन् २००४ मा मलेसिया पुगेका हुन्।

धन कमाउन भनेर उनी १९ वर्षअघि मलेसिया पुगेका हुन्। मलेसियाको जोहरबारु भन्ने ठाउँमा बस्दासम्म सम्पर्कमा रहेका उनी अहिले लामो समयदेखि सम्पर्कमा छैनन्। विगत १५ वर्षदेखि परिवारको सम्पर्कमा नरहेको मावलीकी नातिनी यशोधा मगरले जानकारी दिइन।

राम्रो लाउने मीठो खाने सपना बोकेर विदेश पठाएको छोरा बेपत्ता बनेपछि परिवार चिन्तित बनेको छ। छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमाबुबाले सबैलाई अपील गरेको नातिनी यशोधाले बताइन्।

‘धन कमाउला भनेर विदेश पठाएको छोराको कुनै खबर नपाउँदा आमाबुबा र भाइ बुहारी असाध्यै पीडामा हुनुहुन्छ’, यशोधाले भनिन्, ‘धन कमाउने, मिठो खाने, राम्रो लगाउने कुरा त सपना नै भयो, उल्टै छोराको पिरले आमाबुबाको भोकनिद्रा हराएको छ।’

मलेसिया गएको ४ वर्षसम्म फोन सम्पर्क गरिरहेको भए पनि त्यसपछि कुनै सम्पर्क भएको छैन। ‘अहिले कहाँ कस्तो अवस्थामा छ, हामीलाई केही थाहा हुनसकेको छैन’, यशोधाले भनिन्। उनी कुन म्यानपावरबाट विदेश गएको भन्ने कुरासमेत परिवारलाई थाहा छैन।

बुबा चकबहादुर मगर र आमा केशमाया मगर अझै पनि छोरो घर फर्किन्छ भन्ने आशामा रहेको भन्दै नातिनी यशोधाले बाजेको खोजीको लागि मलेसियास्थित नेपाली दूतावास, पीएनसीसी, त्यहाँ रहेका विभिन्न संघसस्था, सामाजिक अभियन्तालाई आग्रह गरेकी छिन्।

पछिल्लो समय वैदेशिक रोजगारीको क्रममा विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटना, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणले विदेशिएका नेपाली परिवारको सम्पर्कमा नआएको एक अध्ययनले देखाएको छ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : ०० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न