लाजियोलाई पराजित गर्दै इन्टर शीर्ष स्थानमा फर्कियो | Khabarhub Khabarhub

लाजियोलाई पराजित गर्दै इन्टर शीर्ष स्थानमा फर्कियो


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लाजियोलाई २-१ ले पराजित गर्दै एसी मिलान आइतबार इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ।

शनिबार साबिकको विजेता इन्टर मिलान रोमालाई हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो । जहाँ इन्टरले एक अंकको अग्रता लिएको थियो ।

लाजियोमाथिको महत्वपूर्ण जितपछि मिलानले ३४ खेलबाट ७४ अंकसहित शीर्ष स्थानमा पुनरागमन गरेको हो ।

जुन दोस्रो स्थानको इन्टर भन्दा दुई अंक बढी हो । मिलान भन्दा इन्टरले एक खेल कम खेलेको छ ।

नेपोली ६७ अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको युभेन्टसको ६३ अंक छ । ५६ अंकसहित लाजियो सातौं स्थानमा छ ।

चौथो मिनेटमा सिरो इमोबाइलको गोलमा लाजियोले अग्रता लिएको थियो । ५०औं मिनेटमा ओलिभर जिरौउडले मिलानलाई खेलमा फर्काएका थिए ।

जारी सिजन सिरी ‘’ए मा जिरौउडको यो नवौं गोल हो । इन्जुरी समयको दोस्रो मिनेटमा टोनालीले गरेको गोलमा मिलानले जित पक्का गरेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : २९ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार