कोरोनापछि अस्पताल भर्ना भएकी प्रचण्ड पत्नी सीता डिस्चार्ज | Khabarhub Khabarhub

कोरोनापछि अस्पताल भर्ना भएकी प्रचण्ड पत्नी सीता डिस्चार्ज


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल डिस्चार्ज भएकी छन्। कोरोना संक्रमणपछि नेपालद मेडिसिटी अस्पताल भर्ना भएकी उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएको हुन् ।

कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि सीतालाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो।

उनको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा.बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले उपचार गरेको अस्पतालले जनाएको छ।

आईसियुमा उपचाररत् दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकोले उनलाई घरजाने सल्लाह दिइएको डा.पोखरेलले बताएको अस्पतालले जनाएको छ।

कोभिडको असर कम भए लगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको उनले बताएको अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ७ : ५८ बजे

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा

गैँडाकोटमा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं