स्थानीय तहको निर्वाचन मिति चाँडै तोक्न सरकारलाई आयोगको आग्रह | Khabarhub Khabarhub

स्थानीय तहको निर्वाचन मिति चाँडै तोक्न सरकारलाई आयोगको आग्रह


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गरेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम मौजुदा स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आउँदो ५ जेठबाट कार्यकाल सकिने भन्दै आयोगले तत्काल निर्वाचन मिति तोक्न आग्रह गरेको हो ।

यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाको पटक पटक ध्यानाकर्षण गराएको भन्दै मंगलबार विज्ञप्ति जारी गरेर आयोगले दिएको जानकारी अनुसार१४ वैशाख २०७९ र २२ वैशाख २०७९ मा दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न आयोगको तर्फबाट प्रस्ताव गरिएको छ ।

विज्ञप्ति

स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोश्रो चरण र असोज २ गते तेश्रो चरणमा सम्पन्न भएकोेमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुने भएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्था बमोजिम स्थानीय तहको कार्यकाल समाप्त हुनु अगावै स्थानीय तहको निर्वाचन गर्न आयोगका पदाधिकारीहरुद्वारा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूलाई पहिलो पटक मिति २०७८ कार्तिक ८ गते भेटी स्थानीय तहको आगामी निर्वाचनका सम्वन्धमा भएका संवैधानिक तथा कानूनी ब्यवस्था वारेमा जानकारी गराइएको र दोश्रो पटक मिति २०७८ पौष ९ गते भेटी स्थानीय तहका निर्वाचित पदाधिकारीहरुको पदावधि सम्वन्धी व्यवस्थाको वारेमा जानकारी गराई मिति २०७९ वैशाख १४ गते बुधबारका दिन एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न प्रस्ताव गरिएको र यदि कुनै कारणबाट एकै चरणमा निर्वाचन गर्न संभव नभएमा पहिलो चरण मिति २०७९ वैशाख १४ गते बुधबार र दोश्रो चरण २०७९ वैशाख २२ गते विहिबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने भनी प्रस्ताव गरिएको व्यहोरा विदितै छ । 

यसै सिलसिलामा मिति २०७८ पौष ३० गते निर्वाचन आयोगका पदाधिकारी र १६ राजनीतिक दलका सभापति वा अध्यक्ष तथा आधिकारिक प्रतिनिधिहरुका बीच स्थानीय तहको आगामी निर्वाचनको सन्दर्भमा गरिएका पूर्व तयारीका कार्यहरु र स्थानीय तहको निर्वाचनको मिति तय गर्न नेपाल सरकार समक्ष परामर्श दिने सम्वन्धमा गरिएको वैठकमा राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचन समयमा नै गर्नुपर्ने तर्फ जोड दिदै स्थानीय तहको निर्वाचनका सम्वन्धमा आयोग पूर्ण तयारी अवस्थामा रहनु पर्ने र सरकारसँग समयमा नै निर्वाचन गर्न सम्र्पकमा रही सरकारलाई मिति तोक्न सिफारिश गर्ने लगायतका विविध सुझावहरु प्राप्त भएका थिए ।

तदानुसार स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्यहरु निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरे अनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको छ । 

यसर्थ, वर्तमान संवैधानिक एवम् कानूनी ब्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्व हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ । 

शालिग्राम शर्मा पौडेल
सहसचिव एवं प्रवक्ता

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ५ : २५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन