ओमिक्रोनपछि कोरोना महामारी सकिन्छ भन्नु खतरनाक : डब्लूएचओ « Khabarhub

ओमिक्रोनपछि कोरोना महामारी सकिन्छ भन्नु खतरनाक : डब्लूएचओ

नयाँ भेरियन्ट देखिन सक्ने चेतावनी


११ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोन अन्तिम भेरियन्ट हुनसक्ने सोच्नु खतरनाक हुने चेतावनी दिएको छ।

डब्लूएचओका प्रमुख डा. ट्रेडोस एडहनोम गेब्रेसियसले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट भएको र कोरोना महामारी सकिने चरणमा रहेको सोच्नु खतरनाक हुनसक्ने चेतावनी दिएका हुन्।

उनले कोरोना महामारी कसरी अन्त्य हुन्छ भन्ने बारेमा अलग अलग परिदृश्य रहेको उल्लेख गरे। उनले ओमिक्रोनपछि कोरोना महामारी अन्त्य हुन्छ भन्नु खतरनाक भएको स्पष्ट पारे।

कोरोना महामारी अन्त्य हुन्छ भनिरहँदा कोरोनाको नयाँ भेरियन्ट देखिन सक्ने तर्फ ट्रेडोसले सबैलाई सचेत पनि गराए। उनले कोरोना महामारीले सिर्जना गरेको स्थिती परिवर्तनको लागि महामारी फैलिनुको कारण रोक्न आवश्यक भएको बताए।

सोमबार केही संचार माध्यमले डा. ट्रेडोसको यो भनाइलाई ओमिक्रोन अन्तिम भेरियन्ट भएको भन्दै खबर लेखेका थिए।

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ८ : ३६ बजे

मुम्बईसँग दिल्ली पराजित, बेंगलोर प्लेअफमा

काठमाडौँ – दिल्ली क्यापिटल्सलाई मुम्बई इन्डियन्सले पाँच विकेटले हराउँदा इन्डियन

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल निर्वाचित

कैलाली – सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र

महागढीमाईको मेयर र उपमेयरमा दुवैमा कांग्रेस विजयी

बारा – बाराको महागढीमाई नगरपालिकामा कांग्रेस विजयी भएको छ ।

इटहरीको मेयरमा कांग्रेसका पौडेल निर्वाचित

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल

बराहक्षेत्रको मेयरमा कांग्रेसका कार्की, उपमेयरमा एमालेको खनाल विजयी

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका नेपाली कांग्रेसका रमेश कार्की विजयी