‘म’ को ट्रेलर सहरका डिजिटल स्क्रिनमा  | Khabarhub Khabarhub

‘म’ को ट्रेलर सहरका डिजिटल स्क्रिनमा 


८ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आमदर्शकसम्म फिल्मको प्रचारप्रसार गर्न फिल्म ‘म’ ले दर्शकमाझ ट्रेलर देखाउने अभियान सुरु गरेको छ। जसका लागि काठमाडौँका मुख्य चोकमा व्यावसायिक प्रयोजनका लागि राखिएका ठूला डिजिटल स्क्रिनमा ट्रेलर नियमित रुपमा प्रसारण गरिरहेको छ ।

फिल्मको ट्रेलर कलंकी, कालीमाटी, माइतीघर, कमलादी, दरबारमार्ग, गौशाला, चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, जडिबुटी, सूर्यविनायक, बुढानिलकण्ठ, त्रिपुरेश्वर, सुन्धारा र नक्साल चोकका स्क्रिनमा प्रसारण भइरहेको हो ।

निर्देशक सूवर्ण थापाले काठमाडौँका मुख्य चोकमा दैनिक लाखौँ यात्रु जाममा पर्नुपर्ने बाध्यता भइरहँदा त्यो जामको समयमा फिल्मको ट्रेलर हेर्न सकुन् भनेर डिजिटल स्क्रिनमा ट्रेलर देखाइन थालिएको बताए ।

‘हलसम्म नजाने र युट्युबमा भिडियो नहेरेका सर्वसाधारण यात्रुले पनि फिल्मको बारेमा थाहा पाउने भएकाले यो मार्केटिङ रणनीति अपनाइएको हो’, उनले भने । साउन २० गतेबाट प्रदर्शनमा आउने फिल्मले प्रचारप्रसारको शैलीलाई डिजिटल बनाएको छ ।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्मका क्रिएटिभ निर्माता प्रकाश पुरी हुन् । फिल्ममा निशा अधिकारी, सबिन श्रेष्ठ, सरोज खनाल, निराजन प्रधान, रुविना थापा, नरेन खड्का, सरिता लामिछाने, सञ्जोग रसाइली र पुनम श्रेष्ठको अभिनय छ ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ९ : ४७ बजे

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको