खोरेत रोगको प्रकोपले एकै गाउँमा २० पशु मरे « Khabarhub

खोरेत रोगको प्रकोपले एकै गाउँमा २० पशु मरे


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

बैतडी : बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ । नगरपालिका–५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरुमा खोरेत रोगको प्रकोप देखिएको हो ।

खोरेत रोगबाट धमाधम पशुहरु मर्ने गरेका छन् । पछिल्लो दुई हप्ताको अवधिमा यहाँ २० वटा पशु मरेको र २५० भन्दा बढी पशुमा सङ्क्रमण देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए ।

नगरपालिकाका पशु प्राविधिकसहितको टोली पाटन–५ का टोलहरुमा खटिएका छन् । तीन सय खोपसहित तीनजना पशु सेवा प्राविधिकहरुलाई गाउँमा खटाइएको हो । खुट्टामा घाउ हुने, खुरमा घाउ हुने, हिँड्न नसक्ने, जिब्रोमा समेत असर गरी पशुहरु मर्ने गरेको पाइएको छ ।

घरपालुवा जनावरमा खोरेत देखिएपछि किसानहरू चिन्तित भएका वडाध्यक्ष फुनी सिंह बोहराले जानकारी दिए । मकै लगाउने, रोपाइँ गर्ने समयमा गोरुहरुमा पनि खोरेत देखिएपछि खेत जोत्न मुस्किल भएको स्थानीय किसानहरुले बताएका छन् । रासस

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  ९ : ४६ बजे

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक 

काठमाडौँ- मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले

सेञ्चुरी बैंकको सेञ्चुरी हाईब्रिड बचत खाता सञ्चालनमा

 काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकहरूको हितलाई ध्यानमा राखेर सेञ्चुरी

कुमारी बैंक र साउदी अरेबियाको बैंक अलबिलादबीच सम्झौता

काठमाडौँ– कुमारी बैंकले विप्रेषण सेवा सहज बनाउन साउदी अरेबियाको बैंक

मदन भण्डारीको जन्मजयन्ती आज

काठमाडौँ – नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१औँ

भदौ २४ मा ‘गोर्खा : बिनिथ द ब्रेभरी’

काठमाडौँ- गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर