७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ?  | Khabarhub Khabarhub

स्थानीय तह निर्वाचन

७४० पालिकाको मतगणना सम्पन्न, कुन दलले कति जिते ? 


१० जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न भएको छ । 

मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

मतगणना सम्पन्न भएका पालिकामध्ये ३२२ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । 

यस्तै, हालसम्मको परिणाम अनुसार एमालेका २०२, माओवादी केन्द्रका १२१, जसपाको ३०, एकीकृत समाजवादीको १९ र लोसपाको १६ जना उम्मेदवार पालिका प्रमुख तथा अध्यक्ष पदमा विजयी बनिसकेका छन् । अन्य दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिने १९ जना पनि पालिका प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका छन् । 

आयोगका अनुसार अहिले ११ पालिकाको मतगणना भइरहेको छ । मतगणना भइरहेकामध्ये ४ वटामा कांग्रेस, तीन वटामा एमाले र एक/एक वटामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।

दुई पालिकाको एउटाएउटा केन्द्रमा मतदान हुनै बाँकी रहेको छ । 

प्रकाशित मिति : १० जेठ २०७९, मंगलबार  १ : २९ बजे

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले