टोटनहममाथि सिटीको सानदार जित | Khabarhub Khabarhub

टोटनहममाथि सिटीको सानदार जित


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फरवार्ड गाब्रियल जेससको ह्याट्रिकसहित चार गोल प्रेरित म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डविरुद्ध ५-१ अन्तरको जित निकालेको छ ।

घरेलु मैदान इतिहादमा सिटीलाई सानदार जित दिलाउन ब्राजिलका फरवार्ड जेससले एक्लै चार गोल गरे भने अर्को एक गोल रोड्रीको नाममा रह्यो । वाटफोर्डका हसाने कामराले सान्त्वना गोल फर्काए ।

सुरुवातबाटै आक्रमण खेलमा ध्यान दिएको सिटीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

जितसँगै सिटी ३३ खेलबाट ८० अंक सहित शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको लिभरपुल ४ अंकले पछि छ। पराजित वाट्फोर्ड २२ अंक जोडेर रेलिगेसन जोनमा छ ।

लिगकै अन्य खेलमा टोटनहम ब्रेन्टफोर्डसंग गोलरहित बराबरीमा रोकियो । आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३-१ अन्तरले पराजित गर्‍यो ।

अर्को खेलमा न्युक्यासलले नर्विचलाई ३-० अन्तरले पराजित गर्दै लेस्टर सिटी र एस्टन भिल्लाले गोल रहित बराबर खेले ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ६ : ५६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०