नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा | Khabarhub Khabarhub

नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– सडकको नालामा फसेर दुर्लभ एकसिंगै गैंडा मरेको विषयमा अनुसन्धान गर्न चितवन राष्ट्रिय निकुञ्जले सहायक वार्डेन (संरक्षण अधिकृत)लाई जिम्मेवारी तोकेको छ । अनुसन्धान गर्न सहायक वार्डेन राजु घिमिरेलाई जिम्मेवारी दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्याले जानकारी दिए ।

निर्माणाधीन ६ लेनको गोन्द्राङ-पुलचोक सडकको प्रहरी चेकपोष्ट टिकौली जंगल नजिक नालामा फसेर आइतबार एउटा भाले गैंडा मरेको थियो । नालाको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर गैंडा मरेको हो ।

नाला खनेर महिनौँसम्म यत्तिकै छाड्दा यो सडकखण्डमा दुर्घटनाको जोखिम छ । गैंडा मरेको ठाउँ निकुञ्जको मध्यवर्ती क्षेत्रमा समेत पर्ने भएकाले नाला निर्माणमा सडक डिभिजनको लापरबाही देखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्य बताउँछन् ।

मध्यवर्ती क्षेत्रमा कंक्रिटको नाला बनाउन निकुञ्जको स्वीकृति पनि नलिइएको उनले बताए । ‘सडकले अनुमति नलिई काम गर्‍यो । ठेकेदारले काम गर्दा विचार पुर्‍याएन, लापरबाही गर्‍यो’, उनी भन्छन्, ‘मध्यवर्तीमा काम गर्दा निकुञ्जको अनुमति वा स्वीकृति लिनुपर्ने थियो । त्यो देखिएन ।’

लापरबाही गर्नेलाई मुद्दा चलाउन मिल्ने वा नमिल्ने भन्ने विषयमा सरकारी वकिलले निर्णय गर्ने उनले बताए । ‘अहिले हामीले अनुसन्धान गर्छौँ, मुद्दा चल्ने-नचल्ने भन्ने विषयमा चाहिँ सरकारी वकिलले निर्णय गर्नुहुन्छ’, उनले भने, ‘अनुसन्धानलाई अघि बढाउन सहायक वार्डेनलाई अनुसन्धान अधिकृत तोकेको छु ।’

लापरबाहीकै कारण गैंडाको मृत्यु भएको भन्दै लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने संरक्षणकर्मीहरूले बताएका छन् । सन् २०२१ को गणनाअनुसार नेपालमा सात सय ५२ वटा एकसिंगै गैंडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ वटा छन् । यस आर्थिक वर्ष २०७८-७९ को हालसम्म २२ वटा गैंडाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ९ : ३० बजे

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज