पुरानो बसपार्कमा फरक क्षमता भएकालाई सुविधा | Khabarhub Khabarhub

पुरानो बसपार्कमा फरक क्षमता भएकालाई सुविधा


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारीसाधनमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशीको निर्देशनअनुसार सोमबारदेखि सो व्यवस्था सुरू गरिएको हो । महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ ।

‘फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जानेछौं,’ एसएसपी जोशीले भने । ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुवर्गहरुलाई तोकिएको स्थानबाट मात्रै पिक एन्ड ड्रप गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  १ : १५ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको