ललितपुर महानगर पाँच दिनका लागि बन्द | Khabarhub Khabarhub

ललितपुर महानगर पाँच दिनका लागि बन्द


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ। आइतबार महानगरपालिकाले सूचना जारी गर्दै कोरोना संक्रमण तीव्र बनेपछि पाँच दिनका लागि महानगरका सबै सेवा बन्द भएको जानकारी गराएको हो।

महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई संक्रमण पुष्टि भएपछि आजबाट पाँच दिनका लागि महानगरपालिका बन्द भएको हो।

महानगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

‘धेरै कर्मचारीलाई सङ्क्रमण भएकाले आलोपालो सेवा दिने अवस्थासमेत नरहेकाले सोमबारदेखि शुक्रवारसम्म महानगरपालिका बन्द रहनेछ,’ सार्वजनिक सूचनामा भनिएको छ, ‘महानगरबाट दिइने स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ र नगर प्रहरीले दिने सेवा भने सञ्चालन हुनेछन्।’

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ८ : २२ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश