झापा प्रहरीद्वारा १९ करोड रुपैयाँ राजस्व सङ्कलन | Khabarhub Khabarhub

झापा प्रहरीद्वारा १९ करोड रुपैयाँ राजस्व सङ्कलन


१० माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – आर्थिक वर्ष २०७८-०७९ मा प्रदेश नम्बर १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ ।

प्रदेशका १४ जिल्लाको प्रहरीले छ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार १६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद भुक्तान गराउँदा रु करोड २५ लाख ९० हजार ४५२ राजस्व सङ्कलन भएको छ ।

यसैगरी अवैधरुपमा समान चोरी निकासी गर्ने ४७ जना मानिस पक्राउ गर्नुका साथै उनीहरुबाट रु पाँच करोड ५८ लाख ८० हजार ५६७ राजस्व सङ्कलन भएको छ । नदीजन्य पदार्थको अवैध दोहन गर्ने ३२ जना मानिस र ५१५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै रु २० लाख १९ हजार २५० राजस्व सङ्कलन भएको छ । अवैध काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ गरी १९५२ क्युफिट काठ बरामद गर्दा रु ४४ लाख चार हजार ६६६ राजस्व सङ्कलन भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेशका प्रहरी प्रवक्ता नवीनराज राईले ट्राफिक व्यवस्थापनतर्फ सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख ३१ हजार ५७६ वटा सवारी साधनलाई कारबाही गर्दा रु आठ करोड ५९ लाख ६४ हजार ५०० राजस्व सङ्कलन भएको बताए । उनकाअनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा १४ जिल्लामा जम्मा तीन हजार ६२७ मुद्दा दर्ता भएका छन् ।

समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अबैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारीरुपमा जिल्लामा प्रहरी परिचाल गरिएपछि सो सफलता हासिल भएको उनले जानकारी दिए ।

यसैगरी लागुऔषध नियन्त्रणतर्फ गाँजा ३८२ किलो ८९९ ग्राम, चरेश १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर एक किलो ४२५ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सलु १० हजार ६८, मनोद्धिपक एम्पुल तीन हजार ८७५ र मनोद्धिपक औषधि ४७५ क्याप्सुल नियन्त्रण गरिएको र १६६१ रोपनी क्षेत्रफलमा लगाएको सात लाख ५१ हजार ७७८ बोट गाँजा नष्ट प्रहरीले नष्ट गरेको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ८ : ०८ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको