'स्वभाव उस्तै भएकाले शरदसँग नजिकिएँ'  | Khabarhub Khabarhub

‘स्वभाव उस्तै भएकाले शरदसँग नजिकिएँ’ 


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग गत जेठ ३१ मा बिवाह गरिन् । उनको विवाह सामान्य तरिकाले नै सम्पन्न भयो । गायनमा आफ्नो छुट्टै नाम बनाएकी इन्दिराको बिहेमा निकै कमको मात्र उपस्थिति रहेको थियो । बिवाहबारे उनी आफैँले जानकारी दिएकी थिइन् ।

शरदसँग उनको भेट तीन वर्ष अगाडी मात्र भएको थियो । भारतको दिल्लीमा फेशनको अध्ययन गरेर नेपाल फर्किए लगत्तै इन्दिराको भेट शरदसँग भएको हो । ‘मलाइ एक जना साथीले शरदसम्म पुर्‍याउनु भएको हो । मलाइ ड्रेस चाहिरहने भएको र उहाँ दिल्ली फेशन इन्स्टीट्युटबाट अध्ययन गरेर फर्किएको डिजाइनर भएकाले साथीहरूकै सल्लाहमा भेट् भयो’ इन्दिराले भनिन् । विवाह भएको दुई साता बितिसक्दा पनि फरक अनुभव नगरेकी इन्दिरा यहाँसम्मको यात्रा तय हुनुमा शरदको सरलता देख्छिन् ।

‘हाम्रो कमन फ्रेन्डकै कारण भेटघाट बाक्लियो । फेशन सम्बन्धी कुराकानी भएकाले पनि भेटघाट बढ्नु स्वाभाविक नै हो । एक अर्काको बानी मन परेकाले हामी नजिकिन थाल्यौँ । खाना वा खाजामा भेटघाट हुन् थाल्यो’ इन्दिराले भनिन् । उनले शरदको सरल व्यवहार र झुट नबोल्ने बानीकै कारण आफू नजिकिएको बताइन । त्यसो त शरद र इन्दिराको संयुक्त साथीहरूले पनि जोडी सुहाएको प्रतिक्रिया दिइरहन्थे । ‘हामी रेस्टुराँमा पुग्दा सँगै पारिदिने । तिमीहरूको नेचर मिल्छ, अब जोडी मिलाऊ भन्दिने साथीहरू थिए । उनीहरूको जिस्काई र हाम्रो स्वभावले पनि हामी नजिक भएका हौँ’ इन्दिराले भनिन् । उनले आफ्नो र शरदको सम्बन्ध मित्रताले अगाडी बढाएको दिगो भएको बताइन ।

एक आपसमा घुलमिल भएपछि शरदले नाम्चेमा इन्दिरालाई औँठी लगाइदिएका थिए । तर , उनको योजना भने उच्च हिमाली भेगमा पुगेर प्रस्ताव गर्नु थियो । उनले इन्दिरासँग एभरेष्ट रन वे फेशन शोमा सहभागी जाने मौका छोपेका थिए । यद्यपि मौसमको कठिनाइले त्यो नाम्चे बजारमै भयो । ‘मौसम खराबीका कारण हामी माथि उड्न सकेनौँ । शरदले मलाइ नभनेता पनि उसको हाउँभाउँले मैंले हिन्ट पाएकी थिएँ’ उनले भनिन् । शरदले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिँदा इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् ।

उनले विवाह पश्चात् पनि त्यति धेरै फरक महसुस गरेकी छैनन् । किनकि प्रेम जीवनमै उनीहरू एक अर्कालाई सघाउँथे । एक अर्काको परिवारसँग परिचित थिए । यसले गर्दा पनि इन्दिरा शरदको परिवारसँग घुलमिल थिइन् । ‘म टोखा बस्थे , शरद नक्सालमा । मलाई फस्ट आवरमा काम हुँदा छिटै शरदको घरमा आउँथे । शोहरुमा जानु पर्दा पनि उसकै घरमा मेकअप आर्टिस्टलाई बोलाएर तयार भएर जान्थे । यसले गर्दा पनि विवाहपछि सामान्य नै छ’ इन्दिराले भनिन् । उनलाई शरदले श्रीमतीजी भन्दा भने केही अनौठो लाग्छ । ‘हेल्लो वाइफ भनेको सुन्दा रमाइलो लाग्छ । हामी अहिले पनि विवाह अगाडीकै समयमा छौँ जस्तो लाग्छ’ उनले भनिन् ।

नेपाल आइडलको मञ्चबाट गायनमा प्रवेश गरेर आइटम गायिकाको रूपमा पार्श्व गायनमा नाम कमाएकी इन्दिराले पछिल्लो समय आइटम गाउन छाडेकी छिन् । यद्यपि उनी फास्ट नम्बरको गीत मार्फत दर्शक सामु आउने तयारीमा छिन् । उनले ‘पछ्यौरी’ बोलको गीत छिटै दर्शकसामु ल्याउदैछिन् । डान्सीङ नम्बर ‘पछ्यौरी’ संवत उनले आउँदो साता नै सार्वजनिक गर्नेछिन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ४ : ५९ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका