चालु आर्थिक वर्षमा एक हजार मेट्रिक टन मल वितरण | Khabarhub Khabarhub

चालु आर्थिक वर्षमा एक हजार मेट्रिक टन मल वितरण


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले चालु आर्थिक वर्षमा एक हजार एक मेट्रिक टन मल वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म सो परिमाणको मल वितरण गरेको हो । कार्यालयले युरिया, डिएपी, पोटास र कृषि चुन मल वितरण गरेको शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिए । 

 कार्यालयमा हाल ५२.५५ मेट्रिक टन पोटास मल मात्रै मौज्दात रहेको छ । युरिया, डिएपी र कृषि चुन मल अभाव रहेको शर्माले बताए । चालु आर्थिक वर्षमा ६२४.४ मेट्रिक टन युरिया मल आएकामा सबै मल बिक्री वितरण भएको छ । ३२४.३५ मेट्रिक टन डिएपी र पाँच मेट्रिक टन कृषि चुन मल आएकामा त्यो पनि सबै बिक्री वितरण भएको शाखाले जनाएको छ । 

कार्यालयमा सुरुमा १४१.४ मेट्रिक टक युरिया रहेकामा पछि ४८३ मेट्रिक टन प्राप्त भएको थियो । त्यस्तै ११७.३५ मेट्रिक टन डिएपी रहेकामा पछि २०७ मेट्रिक टन प्राप्त भई सबै मल बिक्री वितरण भएको छ । धान रोपाइँ सुरु भइसक्दा युरिया, डिएपी मल अभाव हुँदा किसान मर्कामा परेका छन् । अधिकांश ठाउँका किसानले मलबिना नै रोपाइँ सुरु गरिसकेका छन् । 

कार्यालयले जिल्लाका दशवटै स्थानीय तहमा रहेका डिलरमार्फत मल बिक्री वितरण गर्दै आएको छ । आँबुखैरेनीबाट ५०.५, घिरिङबाट १४.५०, देवघाटबाट ७.२५, भानुबाट २१५.४५, भिमादबाट २०.७५, म्याग्देबाट १५.७, बन्दीपुरबाट २४.५, व्यासबाट २१४.७५शुक्लागण्डकीबाट १२२.७७५ मेट्रिक टन मल बिक्री वितरण भएको छ । आँबुखैरेनीस्थित चार वटा डिलरबाट ४३.२५ मेट्रिक टन युरिया, पाँच मेट्रिक टन डिएपी२.२५ मेट्रिक टन पोटास मल बिक्री वितरण गरिएको छ । घिरिङस्थित चार वटा डिलरबाट ११.२५ मेट्रिक टन युरिया, २.८५ मेट्रिक टन डिएपी०.४ मेट्रिक टन पोटास मल वितरण गरिएको छ ।

 देवघाटस्थित तीन वटा डिलरबाट ७.२५ मेट्रिक टन युरिया मल बिक्री वितरण भएको  । भानुस्थित १८ वटा डिलरबाट १४४.८ मेट्रिक टन युरिया, ६०.४ मेट्रिक टन डिएपी, ७.०५ मेट्रिक टन पोटास र ३.२ मेट्रिक टन कृषि चुन बिक्री वितरण गरिएको छ । भीमादस्थित चार वटा डिलरबाट १२.८५ मेट्रिक टन युरिया, ६.२५ मेट्रिक टन डिएपी, ७.०५ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । म्याग्देस्थित तीन वटा डिलरबाट ९ मेट्रिक टन युरिया, ६ मेट्रिक टन डिएपी, ०.७ मेट्रिक टन पोटास, बन्दीपुरस्थित छ वटा डिलरबाट १३.२५ मेट्रिक टन युरिया, ९.२५ मेट्रिक टन डिएपी र २ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । 

व्यासस्थित २० वटा डिलरबाट १३९.४५ मेट्रिक टन युरिया, ६३.२ मेट्रिक टन युरिया र १२.१ मेट्रिक टन पोटास मल वितरण गरिएको छ । शुक्लागण्डकीस्थित १२ वटा डिलरबाट ५३.२ मेट्रिक टन युरिया, ५६.४ मेट्रिक टन डिएपी, १३.१ मेट्रिक टन पोटास र ०.०७५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ ।

जिल्लाबाहिर पनि २५९.७७५ मेट्रिक टन वितरण

कार्यालयले तनहुँका अतिरिक्त लमजुङमा पनि मल बिक्री वितरण गर्दै आएको छ । लमजुङका ११२ डिलरबाट २५९.७७५ मेट्रिक टन मल वितरण गरिएको कार्यालयले जनाएको छ । लमजुङको मध्यनेपाल नगरपालिकाबाट सात वटा डिलरबाट ४३ मेट्रिक टन युरिया, १६.५ मेट्रिक टन डिएपी२.७५ मेट्रिक टन पोटास मल बिक्री वितरण गरिएको छ । मर्स्याङ्दी गाउँपालिकास्थित दुई वटा डिलरबाट ३.५ मेट्रिक टन युरिया, ०.७५ मेट्रिक टन डिएपी, ०.५ मेट्रिक टन पोटास र ०.२५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ । 

राइनास नगरपालिकास्थित आठ वटा डिलरबाट ३८.२५ मेट्रिक टन युरिया, ६.५ मेट्रिक टन डिएपी, १.१ मेट्रिक टन पोटास, बेँसीसहर नगरपालिकास्थित छ वटा डिलरबाट ३३ मेट्रिक टन युरिया, २.८५ मेट्रिक टन डिएपी, २ मेट्रिक टन पोटास र ०.६२५ मेट्रिक टन कृषि चुन वितरण गरिएको छ । सुन्दरबजार नगरपालिकास्थित १२ वटा डिलरबाट ७२.३५ मेट्रिक टन युरिया, ३३.९ मेट्रिक टन डिएपी, १.३५ मेट्रिक टन पोटास र ०.६ मेट्रिक टन कृषि चुन बिक्री वितरण गरिएको छ ।

एक सय एक परिवारलाई लालपुर्जा

नापी कार्यालय तनहुँले ऋषिङ–४ भीरकोटका एक सय एक परिवारलाई गाउँ ब्लक अन्तर्गत लालपुर्जा वितरण गरेको छ । साविकको भीरकोट गाउँ विकास समिति अन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपुर्जा वितरण गरेको हो ।

गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय प्रमुख आचार्यले संयुक्त रुपमा सर्वसाधारणलाई पुर्जा वितरण गरेका थिए । पुर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैँकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित थिए । विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नक्शानाप गरिएको थियो ।

तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घर भएका ठाउँमा नापनक्शा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पुर्जा वितरण गरेको हो ।

कार्यालयले यसअघि तनहुँको आँबुखैरेनी, बन्दीपुर गाउँपालिकामा पनि गाउँ ब्लक अन्तर्गतका पुर्जा वितरण गरिसकेको छ । तनहुँमा विसं २०७१ देखि गाउँ ब्लक नाप्न सुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ वटा गाविसमा गाउँ ब्लक रहेको छ ।–-रासस

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  २ : ४८ बजे

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्