‘आन्दोलन नगरी असन्तुष्टिबाट जन्मिने पार्टीको आयु लामो हुँदैन’ « Khabarhub

‘आन्दोलन नगरी असन्तुष्टिबाट जन्मिने पार्टीको आयु लामो हुँदैन’


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

स्थानीय निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारको जित भएको छ। यी जितबाट हौसिएका र आसन्न प्रदेश एवंम संघीय निर्वाचनका लागि सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठनको घोषणाले पुन वैकल्पिक राजनीतिक शक्तिको बहस सुरु भएको छ। आम निर्वाचन घोषणाको तयारी भइरहेको बेला नयाँ शक्तिका रूपमा स्थापित हुने उद्देश्य राखेर लामिछानेको नेतृत्वमा स्वतन्त्र पाटी घोषणा भएपछि वैकल्पिक राजनीतिको बहस सतहमा आएको हो। तर, यस अघि जति नै वैकल्पिक शक्तिका रूपमा नयाँ शक्ति जन्माए पनि उनीहरू प्राय असफल रहेका छन्। चाहे त्यो पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हुन् वा पूर्वपत्रकार रवीन्द्र मिश्र नै। उनीहरुको अवस्था खासै त्यति सन्तोषजनक देखिँदैन अर्थात् विगतमा वैकल्पिक शक्ति जति असफल जस्तो देखिएको छ त्यति भविष्य पनि चुनौतीपूर्ण मानिएको छ। वैकल्पिक शक्तिका रूपमा स्थापित हुन खोजिरहेका रवि लामिछाने कत्तिको सफल हुन सक्छन् ? उनले राखेको पार्टीको नामकै विषयमा पनि जसरी विवाद र बहस भइरहेको छ, के यो राम्रो संकेत हो वा पहिलो गासमै ढुंगा ? खबरहबका लागि धीरज बस्नेतले यसै सन्दर्भमा राजनीतिक विश्लेषक मुमाराम खनालसँग गरेको कुराकानीको सम्पादित अंशः

रवि लामिछानेले जसरी एउटा वैकल्पिक शक्तिका रूपमा नयाँ पार्टीको गठन गरेका छन् त्यसलाई तपाईँले कसरी लिनुभएको छ ?
राजनीतिमा वैकल्पिक बहस भनेको एउटा स्थायित्व ग्रहण गर्ने प्रणाली भनेर बुझिन्छ। त्यसैले वैकल्पिक राजनीति असफल हुन्थ्यो भने त किन धेरै मान्छेहरूले वैकल्पिक बाटो पहिलाको भन्दा भिन्न लिरहेका छन्। त्यसैले यो असफल भएको होइन, हामीले वैकल्पिक राजनीति भन्नासाथ मैले एउटा पार्टी बनाएँ भने त्यो मेरो पार्टी भन्ने चलनले गर्दा त्यो असफल भयो। वैकल्पिक रूपमा विभिन्न प्रयासहरू दल बनाएर एक्लै जति पनि प्रयासहरू भएका छन् ती सबै वैकल्पिक प्रयासहरू हुन्। हिजो भन्दा आज वैकल्पिक रूपमा स्वतन्त्र रूपमा वैकल्पिक पार्टी बनाएर एक्लैएक्लै वा एउटा समूह बनाएर राजनीतिमा आउने जुन प्रतिस्पर्धा देखिन्छ। यो हिसाबले वैकल्पिक राजमार्ग फराकिलो हुँदै गएको छ। त्यसलाई नेतृत्व गर्ने एकीकृत प्रयास नभएर असर देखा परेको पनि छ। यसको मतलब वैकल्पिक राजनीति नेपालको सन्दर्भमा सङ्गठित होइन, असङ्गठित भएर आफ्नै ढङ्गले अगाडि बढेको छ भन्नु उपयुक्त हुन्छ।

यसअघि डा. बाबुराम भट्टराई, रवीन्द्र मिश्रले जुन तरिकाले वैकल्पिक रूपमा अभ्यास गर्नुभएको थियो त्यो त खासै सफल देखिएन नि ?
त्यो सफल नदेखिएको भए रवि लामिछाने आउने प्रसङ्गै हुने थिएन। फेरि रमेश खरेलहरु आउनु भयो। त्यसपछि त अरु पनि आउने जाने भइरहेकै छ। वैकल्पिक भनेको वैकल्पिक पुरातन पार्टी जस्तो आफूले बनाएपछि जरो किलो गाडेर एकै जना मात्र आउने होइनन्। अहिलेका राजनीतिक पाटीहरूले जे कुरा डेलिभरी गर्न सकेका छैनन्। उनीहरूलाई ठिक ठाउँमा ल्याउने एउटा दबाबमूलक प्रयास वैकल्पिक शक्ति हो। समग्रमा नेपालको राजनीति आर्थिक नीति, सांस्कृतिकदेखि लिएर २५० देखिको राजतन्त्रको अन्त्यदेखि नेपालले कस्तो संस्थागत नीति ग्रहण गर्नु पर्दछ र कस्तो पार्टी हुनुपर्दछ भनेर छलफल भएको छैन। किनभने त्यो छलफलको लागि विभिन्न दृष्टिगत आन्दोलनको आवश्यकता छ। जुन पार्टी आन्दोलनबाट होइन काठमाडौँको असन्तुष्टिबाट जन्मिन्छ त्यसको आयु त लामो हुँदै हुँदैन। जसले यो टिक्छ भन्छ त्यो एउटा भ्रम मात्र हो। वैकल्पिक भन्ने तर आफू चाहिँ पुरातन पार्टी भन्दा पनि अझै गडेर मेरो सम्पत्ति हो त्यो पाटी भन्ने। त्यो वैकल्पिक राजनीतिको समस्या हैन कि यो वैकल्पिक राजनीतिमा रहेका पात्रहरूको बुझाइमा रहेको समस्या हो। त्यो समस्या भोलि रविजी मा कस्तो हुन्छ त्यो थाहा भएन। वैकल्पिक राजनीति भन्दै एउटा एउटा गर्दै धेरै पात्रहरू आए, ती असफल भए भन्दैमा पात्रलाई हेरेर यो असफल भएको अर्थ लगाउने होइन्। दोकान चल्छ भन्ने सबैलाई थाहा छ ग्राहक छन्। सबैलाई थाहा छ तर कत्रो दोकान कसले चलाउँछ भन्ने त उसँग पुँजी कति छ ? कस्तो ठाउँमा उसले दोकान थाप्छ र कसरी कुशलता पूर्वक चलाउँछ भन्ने कुरामा भर पर्दछ।

रवि लामिछानेले जुन पार्टी घोषण गर्नुभएको छ, त्यसलाई तपाईंले कसरी विश्लेषण गर्नुभएको छ ?
अहिले स्वतन्त्र भन्ने यो भन्दा अघिल्लो निर्वाचनबाट जुन पात्रहरू पहिला आउनुभयो उहाँहरूको पृष्ठभूमि एउटै छैन। त्यो स्वतन्त्रका आ–आफ्ना पृष्ठभूमिहरू छन्। आएको हो। सबैको एउटै पृष्ठभूमिबाट स्वतन्त्र हुँदैन कोही राजनीतिक पार्टीबाट विद्रोह गरेर कोही आफ्नो व्यावसायिक छवि, सामाजिक छविबाट स्वतन्त्र हुन्छन्। त्यस्तै रवि लामिछानेहरु भर्खरै आउनु भएको छ। उहाँहरूको पार्टीको संरचना र प्रकृति कस्तो भन्ने हामीलाई थाहा छैन। त्यसैले कुनै पनि सूचना नभई टिप्पणी गर्नु राम्रो होइन। यति टिप्पणी गरौँ कि नेपालमा स्वतन्त्र भन्ने शब्दले यो स्थानीय लोकप्रियता हासिल गर्यो। त्यसको मात्र आधारमा पार्टी बन्दैन। असल पार्टी बन्नका लागि आधार चाहिन्छन्। नेतृत्वको तह, विचारको तह, एउटा संरचना हुन्छ, त्यो संरचनाले नेपाली समाजका चरित्रहरूलाई प्रतिबिम्बित गर्ने कुरालाई निचोडमा लिएर अहिले नसकेको डेलिभरी कहिलेसम्म मिश्रित छ भनेर साङ्गो पाङ्गो जुन दृष्टिकोण चाहिन्छ त्यो छ कि छैन। उहाँको त्यो केही छैन। हिजो पार्टी बन्यो रे भन्ने मात्र सुनेको छु मैले।

गएको निर्वाचनमा स्वतन्त्रहरू विजयी भए। अहिलेको निर्वाचनमा स्वतन्त्र तर्फबाट आगामी संसदीय निर्वाचनमा उम्मेदवार हुनेहरूको लहर जुन देखिएको छ त्यसलाई केवल क्यास गर्न खोजिएको जस्तो भान हिजोको सभाले गर्छ तपाईँलाई के लाग्छ ?
जसले नेतृत्व गर्छु भन्छ त्यसले समग्रमा यसको ल्यान्ड स्टिकलाई माथिल्लो तहबाट हेरेको होला। नेतृत्व गर्नको लागि त यो कुरा त सबैले गरेका छन्। एउटा लहर आएको छ। त्यो लहरको राजनीतिक अभिप्राय के हो ? त्यसको राजनीतिक अर्थ के हो भन्दा अहिलेका राजनीतिक पार्टीहरूले ठिक ठाक गरेको भए यी पार्टीहरूलाई हाँक्दिनका लागि कुनै पनि राजनीति नजानेको एउटा युवाले म फलानो ठाउँबाट उठ्छु भनेर राजनीतिक दलका ठूला नेताहरूलाई किन हेपिरहेको छ त ? त्यो हेप्नका लागि त एउटा ग्राउन्ड के रहेछ भने नेपालको राजनीतिले आफ्नो नेतृत्व क्षमता यदि गुमाइसकेपछि उसलाई हेप्नका लागि जो पनि आउने भो। राजनीति धेरै सम्मानित र उच्च नेतृत्व लिने विषय हो। तर, यति हेप्नु पर्ने कसले बनाएको हो त ? अहिले उठेका युवाहरूले त बनाएका होइनन्। ती युवामा अहिलेको स्थापित राजनीतिज्ञहरूले राम्रो छवि बनाएका छन्। उनीहरू राम्रो नेता हुन भनेर पटक पटक जिताएका पनि थिए। तर, उनीहरूले केही पनि काम गरेनन् भनेर आम रूपमा असन्तुष्टि छ। त्यसले गर्दा स्वतन्त्रहरूको सेयर मूल्य बढेको छ।

पुराना जुन राजनीतिक दलहरू छन्। ती राजनीतिक दलहरूले जन्माएको वितृष्णा स्वरुप रवि लामिछानेको जन्म भएको हो ?
देशको आर्थिक अवस्था चरम गएर नेपालको बजारको अवस्था हेर्ने हो भने त १०० को सेयर ५० मा आउने बेला भइसक्यो भने स्वतन्त्रको १००० पुगीसक्यो। यो किन भने राजनीतिक दलहरूले जुन ढङ्गले हाम्रो राजनीतिलाई जुन सम्मान जनताले दिए त्यो सम्मानलाई आफ्नो गरिमालाई बचाउन सकेनन्। त्यसैले यसले भन्दा मैले राम्रो गर्छु भनेर आउनु एउटा सकारात्मक विकास हो। जुनसुकै पार्टी बनाएर नेपाली राजनीतिलाई मैले कुनै न कुनै रूपले अहिलेका नेताहरुले भन्दा राम्रो गर्छु भनेर आउँछ भने उसलाई निरुत्साहित गर्न जरुरी छैन। राजनीतिमा यी यी समस्या छन् भनेर अगाडि लैजानु पर्दछ। उनीहरूले राजनीतिमा राम्रो गर्न सके भने त्यो त मुलुकका लागि राम्रो कुरा हो। सक्षम युवा राजनीतिमा आउनु राम्रो हो।

अहिलेका राजनीतिक दलहरूले जनताका मुद्दा उठाउनै नसकेका कारणले यो स्थिति जन्मेको हो त ?
राजनीतिक दलहरूले हिमालदेखि तराईसम्म कस्ता कस्ता समस्या छन्। जस्तो महिला हिँसा, दाइजो नपाएर गरिएका हत्या, सामान्य व्यक्तिले पढ्न नपाएका कुरा यी समस्याहरू काठमाडौँमा छैनन्। काठमाडौँमा पञ्चायतकलामा बहुदल जस्तै थियो। जति बेला पनि नारा जुलुस गर्नु पर्दा पुलिससँग लखेटा लखेट हुन्थ्यो तर गाउँ घरमा त एउटा सानो किताब भेटियो भनेर लगेर मारेको घटना पनि भेटियो नि ! त्यो समस्या अहिले पनि छ। व्यक्तिगत रूपमा पार्टी चाहिएर होइन नेपाली जनतालाई चाहिएको हो भनेर विकास हुनु पर्याय छ त्यस पछि पार्टी टिक्छ। दिगो ढङ्गले त्यसले समाजमा जरा गाड्छ।

नेपाली समाजले एउटा वैकल्पिक शक्ति खोजेको छ, त्यसलाई कसले राम्रोसँग लिड गर्न सक्छ भन्ने कुरा महत्वपूर्ण भयो होइन ?
अहिलेका दलहरू कति लामो आन्दोलनबाट स्थापना भएका हुन्। रवि लामिछानेले राम्रो काम गर्नुभएको छ। धेरै पीडितलाई सहयोग गर्नु भएको छ। नेपालमा कसैको पहुँचको भरमा न्याय पाउने अवस्था छ, त्यसबारेमा उहाँलाई थाहा होला। तर, त्यतिले मात्र पुग्दैन। सामाजिक न्यायको पाटो र राजनीतिक वैधानिकताका लागि पनि तपाईं उभिएको धरातल हेर्दछ। मान्छेले धरातलको आधारमा मूल्याङ्कन गर्दछ। त्यस हिसाबले हेर्दा त्यस्ता कुनै पनि पार्टीले नेपाली समाजको त्यो धरातललाई सामाजिक सञ्जालमा आउने इन्टरनेटको पहुँचमा मात्र भएको भएर भएन जसको पनि एक भोट हो। काठमाडौँको लागि यो सामान्य छ जसले पनि भोट दिन्छ। त्यसैले दल बनाउने मान्छेले पुरै देश घुमेर बनाउनु पर्दछ।

नयाँ पात्रहरूले जसरी पार्टी जन्माएका छन् यसले पुराना दलहरूलाई चेतावनी दिएको हो ?
पुराना राजनीतिक दलहरूको ब्याक बोन भनेको काठमाडौंको लागि मात्र छैन। पुरै देशका लागि छ। गाउँगाउँमा जरा फैलिएका छन्। बालेनको उदयपछि राम्रो काम गर्नु पर्दछ भन्ने ज्ञान आएको छ। प्रस्तुति : पष्पाञ्जली बस्नेत

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ८ : ४२ बजे

महानगरलाई नर्भिकको जवाफ– संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ

काठमाडौँ- नर्भिक इन्टरनेशल हस्पिटल प्रा.लिले काठमाडौँ महानगरले भने जस्तो आफूले

एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधर :  प्रदीप ज्ञवाली 

काठमाडौँ- नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवाली आगामी मंसिर ४ गते

‘सरकारले कर्मचारीको तलबमा किन विभेद गर्दैछ ?’

काठमाडौँ – सांसद हृदयेश त्रिपाठीले सरकारी कर्मचारीको तलबमा विभेद गर्न

अघि बढ्यो प्रत्यक्षमा ५० प्रतिशत सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

काठमाडौँ- आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला

बेनी-जोमसोम-कोरला सडकमा करिब छ अर्ब खर्च

म्याग्दी – राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दी, मुस्ताङ र पर्वतमा