'उर्दू गजल बनाउनुको उद्देश्य पर्यटनमा टेवा पुर्‍याउनु हो'  | Khabarhub Khabarhub

‘उर्दू गजल बनाउनुको उद्देश्य पर्यटनमा टेवा पुर्‍याउनु हो’ 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चञ्चले नानी चुलबुले बानी गीत गाउँदै दर्शक तथा श्रोतामाझ स्थापित भएका सुमन शेखर मानन्धरले हालै उर्दू गजल सार्वजनिक गरेका छन् ।

No description available.

‘साम से हि दिल’ बोल रहेको गजल टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ । विद्यार्थी जीवनमा पाकिस्तानमा कृषि पढ्न पुगेका सुमनले गीतलाई झन्डै तीन वर्षको समय लगाएर सार्वजनिक गरेका हुन् । सुमन शेखरले भारतीय उपमहाद्वीपमा बसोबास गर्ने करोडौँ हिन्दी र उर्दूभाषी जनतालाई नेपाल बोलाउने अभिप्रायसहित गीत तयार गरेको जानकारी गराए ।

No description available.

अध्ययनका लागि पाकिस्तानको बसाइले आफूलाई उर्दू गीत गजल र शायरीमा चाख बसेको र सोही चाखलाई लामो समयपछि यो गीतमार्फत अभिव्यक्त गरेको बताए । उनले टी सिरिजकै लागि केही समय पर्खिनु समेत पर्‍यो । आखिर किन त्यति मेहनत गरे त ? सुमन भन्छन् ,’पर्यटनमा टेवा पुर्‍याउन’ । उनले मुगुको रारामा गीतको छायांकन गरेका छन् । ‘हाम्रो सुन्दरतालाई त्यहाँ सम्म पुर्‍याउन हिन्दी भाषा नै चाहिन्थ्यो र त्यही कै च्यानल । टी सिरिज ठुलो च्यानल मात्र नभई भारतीयसम्म पुग्ने कडी पनि हो । त्यसैले केही समय मेहनत गरेर रिलिज गरेका हौँ’ सुमनले भने । 

उनले भारतीय पर्यटकलाई नेपाल तर्फ आकर्षित गर्नकै लागि हिन्दी भाषामा समेत गीत तयार गरिएको बताए । ‘मैले टार्गेट गरेको दर्शकलाई यहाँसम्म ल्याउने माध्यम नै यही हो । हाम्रो सुन्दरतालाई हामीले नेपाल बाहिर पुर्‍याउन सकेका नै छैनौँ’ सुमन भन्छन् । उनले नेपालको सुन्दरतालाई बाहिर पुर्‍याउन सके पर्यटक बढ्ने विश्वास व्यक्त गरे ।

No description available.

गीत छायांकन गर्दा सहज थिएन । गीतको लागि राम्रो खर्चमा मात्र गरेका छैनन् सुमनले समय पनि दिएका छन् । जागिरे सुमनले गीत छायांकनको लागि हिमाली भेगमा सास्ती भोगेको बताए । ‘हिमाली भेगमा छायांकन गर्दा मौसमको समस्या भयो । यातायातको समस्या त हुने नै भयो । त्यो सब दुखलाई अहिले गीत हेर्दा भुलेँ’ सुमनले भने । उनले गीतमा रारासँगै चितवन राष्ट्रिय निकुञ्ज, स्वयम्भु लगायतका नेपाललाई चिनाउने दृश्य राखेका छन् । 

No description available.

उनको कुरामा सही थाप्दै भिडियो निर्देशक जनकदीप पराजुलीले टिसिरिजको च्यानलमा नेपाली कलाकार र प्राविधिकले सिर्जेको सिर्जना आएको सम्भवतः पहिलो घटना भएको जानकारी गराउँदै यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोल्ने अपेक्षा व्यक्त गरे । ‘टिसिरिज जस्तो भारतकै एक नम्बर कम्पनीमा नेपाली प्राविधिक र कलाकारले गरेको काम सार्वजनिक हुनु गौरवकै कुरा हो । योसँगै गीतले पर्यटनलाई पनि केही न केही फाइदा गरोस् भन्ने हाम्रो चाहना हो,’ पराजुलीले भने ।

No description available.No description available.No description available.

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ६ : १३ बजे

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार