स्विजरल्यान्डबाट ८६ करोड रुपैयाँ अनुदान लिने सरकारको निर्णय | Khabarhub Khabarhub

स्विजरल्यान्डबाट ८६ करोड रुपैयाँ अनुदान लिने सरकारको निर्णय


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एकै चरणमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दल तथा सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद दिने निर्णय भएको बताए ।

मन्त्रिपरिषद्ले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनः एकीकरण आयोजनाका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त हुने करिव ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै  विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिब ३३ अर्ब रुपैयाँ ऋण सहायता लिनेबारे वार्ता टोली गठन गरेको प्रवक्ता कार्कीले जानकारी दिए  । बैठकले राष्ट्र बैंकको नोट धुलाउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गरेको उनले बताए ।

त्यस्तै  जेठ १८ मा नर्वे र  जेठ १९ फिनल्याण्डसंग हुने दुईपक्षीय परामर्श संयन्त्रको बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ५ : ०७ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न