अन्नपूर्ण गाउँपालिकाको पहिलो निर्णय : ५० प्रतिशत अनुदानमा सबैको स्वास्थ्य बिमा | Khabarhub Khabarhub

अन्नपूर्ण गाउँपालिकाको पहिलो निर्णय : ५० प्रतिशत अनुदानमा सबैको स्वास्थ्य बिमा


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाभरीका नागरिकको स्वास्थ्य बिमा ५० प्रतिशत अनुदानमा गरिदिने निर्णय गरेको छ ।

नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदबहालीका क्रममा अध्यक्ष विष्णु केसीले पालिकामा रहेका ६ हजार चार सय ६ घरपरिवारलाई प्रतिपरिवार तीन हजार पाँच सयमध्ये ५० प्रतिशत पालिकाले ब्यहोरिदिने निर्णय गरेका हुन् । यो निर्णयले पालिकाको वर्षेनी एक करोड १२ लाख रुपैयाँ बिमामै खर्च हुनेछ ।

पालिकाको आन्तरिक आम्दानी दुई करोड पनि छैन । संघ र प्रदेश सरकारको अनुदानमा निर्भर पालिकाले यतिधेरै रकम अनुदान दिने निर्णय गरेको हो । यो निर्णय कार्यपालिकाको पहिलो बैठकबाट अनुमोदन गराउने अध्यक्ष केसीले बताए । उनले अहिले आन्तरिक आम्दानी खासै नभए पनि बढाउने गरी योजना ल्याउने बताए ।

‘पर्यटन र प्राकृतिक श्रोत हाम्रो आम्दानीको प्रमुख आधार हुन् । धेरै श्रोत चलाउन सकेका छैनौँ,’ उनले भने, ‘पहिलै वर्ष पाँच करोड आन्तरिक श्रोत पुर्‍याउँछौं । त्यसका लागि होमवर्क सुरु भैसकेको छ ।’ उनले नागरिकको पक्षमा जनप्रतिनिधिले काम गर्नुपर्ने र त्यसकै उदाहरणका लागि स्वास्थ्य बिमा कार्यक्रम अघि सारेको जानकारी दिए ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ४ : ३२ बजे

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न