कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना | Khabarhub Khabarhub

कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको संयुक्त लागतमा रक्तसञ्चार केन्द्रको स्थापना गरेको हो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उक्त बैंकको सोमबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा मुख्यमन्त्री शाहीले प्रदेश अस्पताललाई देशभरकै उच्चस्तरीय अस्पतालका रुपमा रूपान्तरण गर्न प्रदेश सरकार लागिरहेको दाबी गरे । सामाजिक विकास मन्त्री यज्ञबहादुर बूढाक्षेत्रीले केन्द्र स्थापनासँगै अब रगत अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने बताए । 

अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले कर्णालीका नागरिकसहित अन्य प्रदेशका नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएको र थप सेवा सुविधा दिन अस्पतालले रक्त सञ्चार केन्द्र स्थापना गरेको बताए ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ३ : ५५ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही