कर्णालीमा कसले कति स्थान गुमायो, कसले बढायो ? | Khabarhub Khabarhub

कर्णालीमा कसले कति स्थान गुमायो, कसले बढायो ?


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट–  स्थानीय तहको निर्वाचनको मतपरिणामले कर्णाली प्रदेशमा दलहरूको कुनै ठाउँमा प्रभाव खस्किएको छ भने कतै बढेको पाइएको छ ।  प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलोमा,  नेकपा (माओवादी केन्द्र) दोस्रोमा र नेकपा एमाले तेस्रो स्थानमा पुगेका छन् भने  केही स्वतन्त्र उम्मेदवार पनि विजय हात पारेका छन् । 

नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई भरपुर सदुपयोग गरेको पाइएको छ । डोल्पामा प्रभाव नभएको कांग्रेसले अहिले ठूलीभेरी नगरपालिका जितेको छ । जाजरकोटमा दुई पालिकामा मात्र सीमित कांग्रेस अहिले तीन पालिकामा फराकिलो भएको छ । अघिल्लो चुनावमा रुकुम पश्चिममा एक पालिका नजितेको कांग्रेसले अहिले दुई पालिकामा जित हात पारेको छ । विसं २०७४ मा २४ पालिकामा मात्र जितेको कांग्रेसले अहिले ३२ पालिकामा जित हात पारेको छ । रूकुम पश्चिमका दुई, सुर्खेतका चार, जाजरकोटका तीन, हुम्लाका तीन, कालिकोटका दुई, जुम्लाका पाँच, मुगुका दुई, डोल्पाका एक, सल्यानका पाँच र दैलेखका पाँच पालिकाको नेतृत्व लिन कांग्रेस सफल भएको हो । 

यस प्रदेशमा नेपाली कांग्रेसबाट प्रमुखमा १२, अध्यक्षमा २०, उपप्रमुखमा १०, उपाध्यक्षमा १७, वडाध्यक्षमा २५३, महिला सदस्यमा २५३, दलित महिला सदस्यमा २१७, वडा सदस्यमा ४६८ गरी कूल एक हजार २५० उम्मेदवार निर्वाचित भएका हुन् । माओवादी केन्द्रले पहिला प्रभाव रहेका पालिकामा अहिले हार ब्यहोर्नु परेको छ । जुम्लाको गुठीचौर, जाजरकोटको जुनीचाँदे, रुकुम पश्चिमको बाँफिकोट, मुसीकोट लगायतस्थानमा हार ब्यहोर्नु परेको हो । 

विसं २०७४ मा २६ पालिकामा जितेको माओवादीले अहिले तीन पालिकामा प्रभाव गुमाएर २३ स्थानमै चित्त बुझाउनु परेको छ । उक्त दलले रूकुम पश्चिमका चार, सुर्खेतका एक, दैलेखका दुई, जाजरकोटका एक, हुम्लाका तीन, कालिकोटका पाँच, जुम्लाका दुई, मुगुका एक, डोल्पाका दुई र सल्यानका दुई पालिकाको नेतृत्व लिएको हो । विसं २०७४ को निर्वाचनमा एउटा पनि पालिका नजितेको  माओवादीले यसपटक दैलेखमा दुई र सुर्खेतमा एक पालिकामा विजय हासिल गरेको छ । उक्त दलबाट पाँच प्रमुख, १८ अध्यक्ष, पाँच उपप्रमुख, २० उपाध्यक्ष, २२३ वडाध्यक्ष, २१५ महिला सदस्य, २२२ दलित महिला सदस्य, ४१५ वडासदस्य  गरी कूल एक हजार १२३ उम्मेदवार निर्वाचित भएका छन् । 

नेकपा (एमाले) बाट छ प्रमुख, नौ अध्यक्ष, आठ उपप्रमुख, १२ उपाध्यक्ष, १८४ वडाध्यक्ष, १९१ महिला सदस्य, १९२ दलित महिला सदस्य, ४३५ वडासदस्य  गरी कूल एक हजार ३७ उम्मेदवार निर्वाचित भएका छन् ।निर्वाचन मतपरिणाम अनुसार  नेकपा एमालेलाई सबैभन्दा ठूलो क्षति भएको छ । विसं २०७४ को निर्वाचनमा २६ पालिकाको नेतृत्व लिएर पहिलो दल बनेको एमाले यसपटक तेस्रो स्थानमा खुम्चिएको छ । एमालेले कर्णालीका कालिकोट, हुम्ला, मुगु, जुम्ला र रुकुम पश्चिमका कुनै पनि पालिकाको नेतृत्व लिन सकेन तर सुर्खेतका चार, दैलेखका चार, जाजरकोटका तीन, डोल्पाका दुई र सल्यानका दुई पालिकाको मात्र नेतृत्व पाएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले डोल्पाका दुई, मुगु र सल्यानका एक/एक पालिकाको नेतृत्व पाएको छ । उक्त दलबाट चार अध्यक्ष, दुई उपप्रमुख, चार उपाध्यक्ष, २९ वडाध्यक्ष, ३८ महिला सदस्य, २८ दलित महिला सदस्य र ७४ वडासदस्य  गरी कूल १७९ उम्मेदवार निर्वाचित भएका छन् । नेपाल मजदुर किसान पार्टीबाट सात वडाध्यक्ष, सात महिला सदस्य, छ दलित महिला सदस्य, ११ वडासदस्य  गरी कूल ३१ उम्मेदवार निर्वाचित भएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक वडाध्यक्ष, दुई महिला सदस्य, एक दलित महिला सदस्य, वडा सदस्य सात गरी कूल ११ उम्मेदवार निर्वाचित भएका छन् । यसपटकको निर्वाचनमा हुम्लाको चङ्खेली गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । विसं २०७४ को निर्वाचनमा सल्यानमा एक र डोल्पाका तीन पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।

 यो पटक स्वतन्त्रबाट प्रमुख पदमा दुई, अध्यक्षमा तीन, उपाध्यक्षमा एक, वडाध्यक्षमा २०, महिला सदस्यमा नौ, दलित महिला सदस्यमा १०, वडा सदस्यमा २३ गरी कूल ६८ उम्मेदवार निर्वाचित भएका छन् । 

यस प्रदेशका प्रमुख पदमा २५, अध्यक्षमा ५४, उपप्रमुखमा २५, उपाध्यक्षमा ५४, वडाध्यक्षमा ७१७, महिला सदस्यमा ७१६, दलित महिला सदस्यमा ६७७, वडा सदस्यमा एक हजार ४३३ गरी कूल तीन हजार ७०१ उम्मेदवार निर्वाचित भएका छन् । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ४ : १४ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या