बाख्रा चराउन गएकी किशोरी मृत फेला « Khabarhub

बाख्रा चराउन गएकी किशोरी मृत फेला


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी आज मृत भेटिएकी छन् । 

फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए । बाख्रा बाटोमा भेटेपछि सशङ्कित उनीहरूले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन् । 

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  २ : ४३ बजे

माओवादीसँग एकताका लागि एकीकृत समाजवादीले बनायो संयोजन समिति

काठमाडौं– मंसिर ४ गतेका लागि तय भएको संघीय निर्वाचन अघि

एक सय ३१ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौँ– सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट)को निर्णयअनुसार आज एकसय

गिर्दो अर्थतन्त्र र अस्थिर राजनीतिका कारण पाकिस्तानको ग्वदर बन्दरगाह जोखिममा

काठमाडौँ- गिर्दो अर्थतन्त्र तथा राजनीतिक अस्थिरताका कारण चीनको लगानीमा निर्माण

‘नेपाल इयुको हवाई प्रतिबन्धबाट छिट्टै हट्छ’

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले हवाई