२२ वर्षीया सुहाना बलिउडमा इन्ट्री गर्न तयार | Khabarhub Khabarhub

२२ वर्षीया सुहाना बलिउडमा इन्ट्री गर्न तयार


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना खान २२ औँ वर्षमा प्रवेश गरेकी छिन् ।

सन् २००० को मे २२ मा जन्मिएकी सुहानाले आइतबार आफ्नो जन्मोत्सव मनाएकी हुन् । उनलाई जन्मदिनको अवसरमा करण जौहरदेखि फराह खानसम्म बलिउडका थुप्रै व्यक्तिले शुभकामना दिए । यिनै सुहाना छिटै बलिउडमा डेब्यु गर्दैछिन् । उनी जोया अख्तरको फिल्म  ‘द आर्चरी’ मार्फत बलिउडमा पाइला टेक्दैछिन् । 

सन् १९६० को सेटअपमा तयार हुने फिल्म मार्फत जोयाले लोकप्रिय कमिक्स  ‘द आर्चिज’ लाई फिल्मको पर्दामा ल्याउन लागेकी हुन् ।

कथाअनुसार नयाँ पुस्ता सुहाउँदो भएकाले सुहाना, अगस्त्य र खुशीलाई कास्ट गरेको बताउने जोयाले यसलाई म्युजिकल ड्रामा भनेकी छिन् । 

फिल्ममा सुहानाको अलावा अन्य दुई स्टार किड्स समेत बलिउड डेब्यु गर्दैछन् । ति हुन् श्रीदेवी र बोनी कपुरकी छोरी खुशी कपुर र अमिताभ बच्चनका नाति अगस्त्य नन्दा ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ३ : ०७ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को