स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ - महामन्त्री शर्मा | Khabarhub Khabarhub

स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्छ – महामन्त्री शर्मा


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्वतन्त्र उम्मेदवारहरूलाई जनताको हितमा काम गर्न सघाउनुपर्ने बताएका छन्।

उनीहरूलाई ‘कसरी काम गर्लान्’ भन्ने प्रश्‍न नगर्न पनि शर्माको आग्रह छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार जित नजिक रहेका तथा धनगढी र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएपछी एक्लैलाई काम गर्न असहज हुने टिप्पणी हुँदै आएको बेला शर्माको यो अभिव्यक्ति आएको हो । शर्माले भनेका छन्, ‘कसरी काम गर्लान् ? प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनुपर्छ ।’

धरान उपमहानगरपालिकामा निर्वाचित प्रमुख हर्क साम्पाङलाई उनले बधाई पनि दिँदै साम्पाङसहितका स्वतन्त्र उम्मेदवारहरूको जितले दलहरूलाई दिएको सन्देशलाई आत्मसाथ गर्नुपर्ने शर्मा बताउँछन् ।

माओवादीप्रति लक्षित गर्दै शर्माले ‘बुलेट’ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ‘ब्यालेट’बाट आएकालाई सहज आत्मसाथ गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ११ : ०३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन