पाँचखाल मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी | Khabarhub Khabarhub

पाँचखाल मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश खरेल र उपमेयरमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् ।

आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका मेयर पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त गर्दा एमालेका दनुवारले ९ हजार ५३४ मत प्राप्त गरी उपमेयरमा निर्वाचित भए ।

मेयर खरेलका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले आठ हजार ११५ मत प्राप्त गरे भने उपमेयरका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का चेतप्रसाद गौतम(मणि)ले नौ हजार १० मत पाए ।

सो नगरपालिकाको वडा नं १३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्रमा गत वैशाख ३० गते शुक्रबार भएको मतदानमा मतपत्र वितरणको क्रममा विवाद उत्पन्न भएपछि स्थगित भएकोमा यही जेठ ३ गते पुनः मतदान भएको थियो । यसका कारण ढिला गरी मतगणना भएको थियो ।

पाँचखालको मतगणना सम्पन्न भएसँगै जिल्लाका १३ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । अधिकांश पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आ–आफ्नो पदको पद तथा गोपनियताको शपथ ग्रहण गरी कार्यभारसमेत सम्हालिसकेका छन् ।

यस्तो छ वडाको नतिजा मतसहित
वडा नं १ मा – जयबहादुर तामाङ – ५९४  (माओवादी केन्द्र)
वडा नं २ मा – रामेश्वर दाहाल – ९३४  (नेपाली कांग्रेस)
वडा नं ३ मा – सुन्दर अधिकारी – ८०५ (नेपाली कांग्रेस)
वडा नं ४ मा – सुन्दर तामाङ – ९१० (नेपाली कांग्रेस)
वडा नं ५ मा – सीताराम ढुङ्गाना – ६१४  (नेकपा एमाले)
वडा नं ६ मा – रामशरण दुलाल – १,३८२ (एकीकृत समाजवादी)
वडा नं ७ मा – रामकृष्ण दङ्गाल – ६९६ (नेपाली कांग्रेस)
वडा नं ८ मा – सञ्जय तामाङ – १,१५८ (नेपाली कांग्रेस)
वडा नं ९ मा –  रामकाजी श्रेष्ठ – १,०११ (नेकपा एमाले)
वडा नं १० मा – नारायण प्रसाद सापकोटा – ६५५  (नेकपा एमाले)
वडा नं ११ मा – हीराकाजी तामाङ – ९१६  (नेपाली कांग्रेस)
वडा नं १२ मा – ज्ञानबहादुर दनुवार – १,१७७  (नेपाली कांग्रेस)
वडा नं १३ मा – सुकुवीर तामाङ – ७०४ (नेपाली कांग्रेस)

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ९ : ०३ बजे

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा