स्वतन्त्रको जितमा राजनीतिक दलले देखेको जोखिम | Khabarhub Khabarhub

स्वतन्त्रको जितमा राजनीतिक दलले देखेको जोखिम



स्थानीय निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। महानगरपलिका र केही उपमहानगरपलिकाबाहेका अन्य क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन शाहले प्राप्त गरेको मतले भने सिंङ्गो देशको ध्यान केन्द्रित गरेको छ। ठूला राजनीतिक दलको मत काट्नेभन्दा ठूलो हैसियत बनाउन नसकिरहेका स्वतन्त्र उम्मेद्वारले नै काठमाडौं महानगरमै ठूला राजनीतिक दलले दिएको चुनौतीलाई दलप्रति जनताको आक्रोशको रुपमा बुझ्न सकिन्छ।

धनगढी र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएपछि यसले दलहरुमा थप दबाब बढेको छ। धरानमा हर्क साम्पाङ विजयी हुँदा धनगढीमा गोपाल हमालले बाजी मारिसकेका छन्।

ठूला राजनीतिक दलको मत काट्नेभन्दा ठूलो हैसियत बनाउन नसकिरहेका स्वतन्त्र उम्मेद्वारले नै काठमाडौं महानगरमै ठूला राजनीतिक दलले दिएको चुनौतीलाई दलप्रति जनताको आक्रोशको रुपमा बुझ्न सकिन्छ।

त्यसो त काठमाडौं महानगरको पूर्ण मत परिणाम आउन अझै केही दिन लाग्ने देखिन्छ। कुल १ लाख ९१ हजार १८६ मत खसेकोमा यो आलेख तयार पार्दासम्म बालेन अन्य राजनीतिक दलका उम्मेद्वारभन्दा झण्डै दोब्बर मतले अगाडि छन्। उनले लिएको अग्रता र खसेको मतको प्रकृति हेर्दा यसपटक काठमाडौं महानगरले स्वतन्त्र मेयर पाउनेमा आशावादी हुन सकिन्छ। खसेको मतको प्रकृति हेर्दा बालेनलाई जनताले मात्र नभइ राजनीतिक दलका कार्यकर्ताले पनि साथ दिएको देखिन्छ। एमाले र गठबन्धनका उम्मेद्वारलाई इमान्दारपूर्वक मत हालेका कार्यकर्ताले पनि एक मत मेयरमा बालेनको चुनाव चिह्न लौरोमा मतदान गर्नुले पनि उनी विजय यात्रामा रहेको सहजै अनुमान लगाउन सकिन्छ।

वालेनले अग्रता लिएसँगै उनको कार्यकाल कस्तो होला भनेर अनुमान हुन थालेका छन्। कतिपयले त स्वतन्त्र उम्मेद्वारले महानगरमा काम गर्न नसक्ने भन्दै वालेनबाट आश गर्न नसकिने बताउँदै आएका छन्। नगरसभामा एक्लै रहेकोले उनलाई दलका अन्य सदस्यले काम गर्नै नदिने हुन् कि भन्ने आशंका सर्वसाधारणको छ। यता राजनीतिक दल भने स्वतन्त्र उम्मेद्वारले काठमाडौंको मुहार फेर्न सफल भए भने यसको असर समग्र देशभर पर्ने र राजनीतिक दलहरुप्रति जनताको आकर्षण घट्ने विषयलाई लिएर सशंकित देखिन्छन्।

एमाले र गठबन्धनका उम्मेद्वारलाई इमान्दारपूर्वक मत हालेका कार्यकर्ताले पनि एक मत मेयरमा बालेनको चुनाव चिह्न लौरोमा मतदान गर्नुले पनि उनी विजय यात्रामा रहेको सहजै अनुमान लगाउन सकिन्छ।

स्वतन्त्रले देखाएको आशा
काठमाडौं महानगरपालिकामा मात्र होइन, यो स्थानीय तह निर्वाचनमा देशैभर कतिपय स्वतन्त्र उम्मेदवारले राजनीतिक दललाई टक्कर दिए। निर्वाचन आयोगका अनुसार अघिल्लो स्थानीय तह निर्वाचनमा छवटा गाउँपालिकामा अध्यक्षसहित २३३ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए। नगरपालिका प्रमुखमा भने सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार निर्वाचित हुन सकेका थिएनन्।

वैशाख ३० गते भएको निर्वाचनमा भने ३ सय ४६ जना स्वतन्त्र उम्मेदवारले जितिसकेका छन्। अन्तिम मतपरिणाम आउँदासम्म यो संख्या अझ बढ्ने निश्चित छ। काठमाडौं महानगरपालिका र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले लिएको अग्रताले पनि जनताले दलको विकल्प खोजिरहेको सङ्केत मिलेको छ।

दलप्रति जनताको वितृष्णा
निर्वाचनको समयमा हुने नहुने आश्वासन र प्रतिवद्धता जनाउने तर विजयी भइसकेपछि जनताप्रति गरेको बाचा भुलेर सिन्को नभाच्ने दल र नेताको व्यवहारले उनीहरुप्रति जनताको वितृष्ण फैलिँदो छ। काठमाडौं महानगरमा गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उम्मेद्वार बनेर विजयी भएका विद्यासुन्दर शाक्यले पाँच वर्षभित्र मोनोरेल र मेट्रो रेल कुदाउने सपना बाँडेका थिए। तर, यस अवधिमा भत्किएका केही प्रचीन सम्पदाको पुनर्निर्माण गरेर शिलापत्रमा आफ्नो नाम लेख्नेबाहेक जनताको पक्षमा कुनै काम भएको जनताले महसुस गर्न पाएनन्।

ठूला राजनीतिक दलकै बोलबाला रहेको महानगरमा स्वतन्त्रले उनीहरुको मत काट्नेभन्दा माथि उठ्न नसक्ने आम विश्वास थियो। तर, महानगरबासीले यसपटक अनुमान गरेभन्दा फरक निर्णय लिए।

साथै राजनीतिक दलले सहभागितामूलक ढङ्गले उम्मेदवार छान्ने पद्धति अपनाउन नसक्दा पनि उनीहरुप्रति जनताको विश्वास टुटेको छ। आफ्ना आफन्त र पैसावाललाई टिकट बेच्ने प्रवृत्तिले पनि जनता स्वतन्त्रप्रति आकर्षित हुने गरेका छन्। यस वर्ष स्वतन्त्रले दिएको टक्करले दललाई सुध्रिन प्रेरित गर्ने आश गर्न सकिन्छ। अन्यथा जनताले दलीय व्यवस्थाको विकल्प नरोज्लान् भन्न सकिँदैन।

बालेनप्रतिको जनताको विश्वास
काठमाडौं महानगरमा बालेन शाहले जित हासिल गर्छन् भन्नेमा धेरैलाई विश्वास नै थिएन। हाल उनले प्राप्त गरिरहेको मत त झन् अधिकांशको कल्पनाभन्दा बाहिरको विषय थियो। ठूला राजनीतिक दलकै बोलबाला रहेको महानगरमा स्वतन्त्रले उनीहरुको मत काट्नेभन्दा माथि उठ्न नसक्ने आम विश्वास थियो। तर, महानगरबासीले यसपटक अनुमान गरेभन्दा फरक निर्णय लिए।

बालेन शाहले काठमाडौंको मेयर बन्न पछिल्लो पाँच वर्ष गरेको संघर्षलाई पनि नजरअन्दाज गर्न मिल्दैन। उनले यसबीचमा काठमाडौंको समस्या सूक्ष्म रुपमा अध्ययन गर्नेमात्र नभएर सफल भएका जनप्रतिनिधिको कामको पनि अध्ययन गरे।

त्यसो त बालेन शाहले काठमाडौंको मेयर बन्न पछिल्लो पाँच वर्ष गरेको संघर्षलाई पनि नजरअन्दाज गर्न मिल्दैन। उनले यसबीचमा काठमाडौंको समस्या सूक्ष्म रुपमा अध्ययन गर्नेमात्र नभएर सफल भएका जनप्रतिनिधिको कामको पनि अध्ययन गरे।

समाजका प्रभुत्व व्याक्तित्वसँग महानगरको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा राय सुझाव लिइरहे। आफ्ना एजेण्डा विभिन्न मिडिया र सामाजिक सञ्जालमार्फत् जनतामा पुर्याउने काम गरिरहे। बालेन र उनको टिमले निर्वाचनको समयमा अपनाएको घरबेटी सम्झाउ अभियान, एक घर एक भोट अभियान पनि प्रभावकारी देखियो। साथै दलहरुले महानगरमा सक्षम व्यक्ति उम्मेद्वार बनाउन नसक्दा त्यसको प्रत्यक्ष फाइदा बालेनलाई भयो।

जनविश्वासकै कारण बालेन काठमाडौं महानगरको मेयर पदमा पुग्ने सम्भावना प्रवल छ। मेयर बनेको खण्डमा उनले गर्ने कामले नै बालेनमात्र नभएर स्वतन्त्र उम्मेद्वारप्रति जनताको धारणा निर्माण हुने देखिन्छ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ९ : ५१ बजे

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन