गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ: नेपाल आर्मी च्याम्पियन | Khabarhub Khabarhub

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ: नेपाल आर्मी च्याम्पियन


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आर्मीले पुरुष तथा महिला दुवै विद्यामा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको शनिबार उपाधि जितेको छ ।

पुरुषमा आर्मी ५ स्वर्ण र २ रजतका साथ च्याम्पियन बन्यो । महिलामा पनि च्याम्पियन बनेको आर्मीले ३ स्वर्ण र २ रजत हात पार्‍यो ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगितामा पुरुषअन्तर्गत आर्मीका इन्द्र सुनार तथा महिलामा नेपाल एपीएफ क्लबकी सरस्वती राणा उत्कृष्ट खेलाडी घोषित भए ।

इन्द्रले ५७ केजी फाइनलमा एपीएफका उपाधि दाबेदार एपीएफका पूरन राईलाई पराजित गरे । नेपाल प्रहरीका शम्भु राजवंशी र गण्डकी प्रदेशका सौगात कुमाल तेस्रो भए ।

सरस्वतीले ७५ केजीमा फाइनलमा आर्मीकी निरु गुरुङलाई हराइन् । इन्द्रले टीभीएस मोटरसाइकल तथा सरस्वतीले टीभीएसकै स्कुटर पुरस्कारबापत प्राप्त गरे ।

प्रदेश १ की त्रिशा जबेगु लिम्बू र मधेश प्रदेशकी पूजा गुप्ताले कांस्य हासिल गरे । वसन्तपुर डबलीमा भएको प्रतियोगिताको पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरीले फाइनलमा एपीएफका प्रदीप महर्जनलाई पाखा लगाउँदै पहिलो स्थान हात पारे ।

प्रहरीका चन्द्रबहादुर थापा र मधेश प्रदेशका मदनकृष्ण डंगोल तेस्रो बने ।

पुरुष ६३ केजीमा १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी प्रहरीका भूपेन्द्र थापा मगरले बाजी मारे । उनले फाइनलमा आर्मीका पूरन सुनुवारलाई पन्छाउँदै शीर्ष स्थान हात पारे । एपीएफका सोनाम सार्की र लुम्बिनी प्रदेशका अनिल पुन मगरले तेस्रो स्थानमा चित्त बुझाए ।

पुरुष ६९ केजीमा १३ औं सागका स्वर्ण विजेता प्रहरीका सनिल शाहीले फाइनलमा आर्मीका दानबहादुर दर्लामीमाथि जित दर्ता गरे । बाग्मती प्रदेशका शिरीष खनाल तथा सुदूरपश्चिम प्रदेशका भरत चन्द तेस्रो भए ।

पुरुष ७५ केजीमा आर्मीका दीपेश लामा पहिलो भए । उनले फाइनलमा प्रदेश १ का सनम गुरुङलाई निराश पारे । मधेशका कोसिस श्रेष्ठ र कर्णाली प्रदेशका दिलराज भण्डारी तेस्रो स्थानमा सीमित भए ।

पुरुष ८१ केजीमा आर्मीका दीपक श्रेष्ठले फाइनलमा सुदूरपश्चिमका श्यामबहादुर महताको चुनौती समाप्त पार्दै च्याम्पियन बने । प्रदेश १ का प्रसाङ लिम्बू इजाम र बाग्मतीका रोशन स्याङ्तानले कांस्यमा चित्त बुझाए ।

पुरुष ९१ केजीमा आर्मीका गणेश प्रदानले स्वर्ण जिते । उनले फाइनल भिडन्तमा एपीएफका रविन नेपाललाई पन्छाए । प्रदेश १ का प्रसिश रुचाल र गण्डकीका किरण विक तेस्रो भए ।

महिला ५१ केजीमा आर्मीकी मीनु गुरुङले शीर्ष स्थान कब्जा गरिन् । १३ औं साग स्वर्णधारी मीनुले फाइनलमा प्रहरीकी दिवाना शेर्मालाई पराजित गरिन् । एपीएफकी सन्जुमाया थिङ र लुम्बिनीकी माया खत्री केसी तेस्रो भए ।

महिला ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले फाइनलमा प्रहरीकी निशा तामाङलाई हराउँदै पहिलो भइन् । एपीएफकी नाङजा बूढा मगर र प्रदेश १ की सुस्मिता राई कांस्यमा रोकिए ।

महिला ६० केजीमा आर्मीकी संगीता सुनारले फाइनलमा एपीएफकी संगीता डंगाललाई पाखा लगाउँदै स्वर्ण हात पारिन् । प्रदेश १ की नारिका राई तथा बाग्मतीकी शशिकला राई तेस्रो बने । आर्मीकी पुनम रावलले एपीएफकी विनीता थापा मगरलाई पन्छ्याउँदै महिला ६९ केजीको उपाधि भिडन्त आफ्नो पक्षमा पारिन् । मधेशकी अपराजिता गोतानी र लुम्बिनीकी जुनमाया थारु तेस्रो भए ।

पुरुष/महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५ सयका दरले नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई नेतृ सिर्जना सिंह, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड एवं कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेपका पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, आयोजक कमिटीका संयोजक सञ्जीव तुलाधर, प्रतियोगिता संयोजक राजीव श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पाँचदिने प्रतियोगिताको पुरुषमा ७ र महिलामा ५ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । सातै प्रदेश तथा आर्मी, प्रहरी र एपीएफ गरी १० टिमका १ सय २ खेलाडी सहभागी थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ८ : ५५ बजे

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं– भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,