प्रभावकारी बन्दै सुनौलो हजार दिनभित्रका आमा कार्यक्रम | Khabarhub Khabarhub

प्रभावकारी बन्दै सुनौलो हजार दिनभित्रका आमा कार्यक्रम


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा एकल महिला र जेष्ठ नागरिकको सेवा व्यस्त छन् । उनी कोरोनाको बढ्दो संक्रमण होस् वा जुम्लाको माइनस डिग्रीको चिसोमा होस् सतर्कता अपनाउँदै जनताको सेवामा तलिनन् भएकी हुन् ।

उनी यतिवेला ‘सुनौलो हजार दिनभित्रका आमासँग र जेष्ठ नागरिकसँग उपाध्यक्ष’कार्यक्रम लियर गाउबस्तीमा व्यस्त छिन् ।

तिलाका गाउँबस्तीमा पुगेर एकल महिला र जेष्ठ नागरिकका समस्यादेखि सुनौला हजार दिनका आमालाई चाहिने आवश्यक पोषण र पोषिलो खाना कुरासहित पोषणको महत्वबारेमा जानकारी गराउँदै आएकी छन् ।

‘पालिकाका नौ वटै वडामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भएको छ । गाउँबस्तीमा पुगेर जनताको सेवा गर्ने मेरो कर्तव्य हो,’ उपाध्यक्ष बुढाले भनिन्,‘कोरोनाको बढ्दो सङ्क्रमणलाई ध्यानमा राखि पालिकाका स्वास्थ्यकर्मी लिएर उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ बस्तीमै पुग्ने गरेकी हुँ । ’

त्यस्तै उपाध्यक्ष बुढाको नेतृत्वमा सञ्चालितल आमासँग उपाध्यक्ष कार्यक्रमले यहाँका महिलालाई सचेत बनाएको तिला २ की आश्मा रावतले बताइन् ।

यो प्रशिक्षणले हामीलाई पोषण र पोषिलो खानेकुरा खानका लागि निकै राहत पुगेको छ । उनले भनिन्, ‘यो कार्यक्रमले स्वास्थ्यचौकीमा सुत्केरी गराउने महिलाको सङ्ख्या बढेको छ । उनले भनिन्, ‘स्वास्थ्यकर्मीको टोली सहित उपाध्यक्ष गाउँमै पुगेर सुत्केरी महिलाको अध्यान दिनु पर्ने कुराको बारेमा बुझाउनु हुन्छ ।’

‘पहिलो वर्ष फिल्टर बाडेका थियौँ । दोस्रो वर्ष अण्डा, तेल र साबुन बाँड्यौँ । तेस्रो वर्ष पोषिलो कोशेली लिएर गाउँ पुगेका छौँ ’उपाध्यक्ष बुढाले भनिनन् । अहिले गर्भवती तथा सुत्केरी आमालाई पोषिलो खानेकुरा बनाउनका लागि गाउँगाउँमा पुगिरहेको उनले बताइन् । पोषिलो कोसेली स्वरुप धान उत्पादन नहुने क्षेत्रमा स्थानीय जातको मार्सी चामल, धान उत्पादन हुने क्षेत्रमा चना दिइएको उनले जानकारी दिइन् ।

अहिले जेष्ठ नागरिकलाई हर्लिक्स, कपडा, तोरीको तेल दिने गरिएको उनले बताइन् । आमा र बच्चाको पोषण अवस्था सुधार गर्न आमालाई जिम्मेवार बनाउनुपर्छ भन्ने सुझाव सहित यो वर्ष सचेतना फैलाउन गाउँमै पुगेको उनले बताइन् ।

‘सुरक्षितरूपले सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्ने, नियमित जाँच गर्दै खानपानमा ध्यान दिनुपर्ने,बच्चालाई नियमित स्तनपान गराउँदै पोषिलो खानेकुरा खुवाउनका लागि हरेक आमा तयार हुनुपर्नेजस्ता सन्देश दिइएका छौँ । यहाँ उत्पादित अन्नबाली मिसाएर बनाएको लिटो जाउलोको प्रयोग गर्नुपर्छ भन्ने सन्देश बोकेर गाउँका महिलाई सचेत गराइरहेका छौं’ उनले भनिन् । स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी, माछामासु, अण्डाजस्ता पोषिलो खानेकुराको प्रयोग गर्न अत्यावश्यक रहेको उनले बताइन् ।

तिला गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत हरेक वडामा सुनौलो हजार दिनभित्रका आमासँग भेटघाट र पोषिलो खानेकुराको महत्वका बारेमा सहजीकरण गर्न थालिएको पोषण सहजकर्ता जसुकला रावतले जानकारी दिइन् ।

जबसम्म महिला सचेत हुँदैनन्, तबसम्म कुपोषणको चक्र तोड्न नसकिने भएकाले गाउँपालिकाले ल्याएको कार्यक्रम निकै समयानुकूल भएको महिला स्वास्थ्य स्वयंसेविका गोइली बुढाले बताइन् । पालिका भित्रका सुनौलो हजार दिनभित्रका आमाको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पोषणको महत्वका बारेमा सहजीकरण गरिएको छ ।

त्यस्तै तिला गाउँपालिकाको महिला तथा बालबालिका शाखाले १, २ ,३ ५, र ७ वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसहित सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताइन् । जाडोबाट बच्नका लागि ज्येष्ठ नागरिकलाई टोपी र हर्लिक्स प्रदान गरिएको हो । पालिकाका सबै वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचसहित सम्मान कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १० : ३० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०