फ्यानको प्रश्न–मनीषालाई के भयो | Khabarhub Khabarhub

फ्यानको प्रश्न–मनीषालाई के भयो


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइराला एक समय बलिउडकी सुपरहिट अभिनेत्री थिइन् । मनीषा ९० को दशकमा सबैभन्दा सफल अभिनेत्री थिइन् । यद्यपि मनीषा केही समययतादेखि बलिउडबाट टाढिएकी छन् । बलिउडबाट टाढिए पनि सामाजिक सञ्जालमा उनको उपस्थिति सक्रिय छ ।

मनीषा आफ्नो फोटो र भिडियोमार्फत सामाजिक सञ्जालमा फ्यानसँग जोइिरहन्छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार हालैमात्र मनीषाले आफ्नो एक तस्वीर इन्स्टाग्राममा राखिन् । जुन तस्वीर झट्ट हेर्दा मनीषा नै हो भन्ने ठम्याउन गाह्रो पर्छ । कुनै समय सुन्दरताका कारण करोडौं दर्शकको मन जितेकी मनीषाको यो तस्वीर देखेपछि उनका फ्यानहरु दुःखी बनेका छन् । उनीहरु ‘मनीषालाई के भएको हो ?’ भनी प्रश्न सोधिरहेका छन् ।

तस्वीरमा मनीषा निकै कमजोर देखिएकी छन् । मनीषाले काठमाडौंको घरमा रहेको आफ्नो तस्वीर इन्स्टाग्राममा राखेकी हुन् । तस्वीरमा उनको घर निकै सुन्दर देखिएको छ ।

उनको तस्वीरमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । एक प्रयोगकर्ताले ‘फूलजस्तो अनुहारलाई के भयो ?’ भनी सोधेका छन् । अर्काले ‘आफ्नो ध्यान राख्नुहोस् मेम’ भनी लेखेका छन् ।

मनीषाले बलिउडमा ‘सौदागर’, ‘दिल से’, ‘बम्बे’, ‘मन’, ‘एक छोटी सी लव स्टोरी’, ‘संजू’, ‘गुप्त’, ‘१९४२ः ए लव स्टोरी’, ‘अकेले हम अकेले तुम’लगायतका फिल्ममा अभिनय गरेकी छन् ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ८ : ४३ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न