हुम्ला अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द | Khabarhub Khabarhub

हुम्ला अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्ला जिल्ला अस्पतालका आठ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखीएपछि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरेको छ ।

जिल्ला अस्पताल हुम्लाले गएको शुक्रबार एकैपटक गरिएको परिक्षणमा अस्पताल हुम्लाका आठजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको हो ।

स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरेर अस्पताल प्रशासनले सूचना टाँस गरेर सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।

जिल्ला स्वास्थ सुरक्षा समितीको बैठककाे निर्णयअनुसार जिल्ला अस्पताल हुम्लामा आकस्मिकबाहेक अस्पतालबाट प्रदान हुने सबै प्रकारका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १० : १५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन