हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डाबारे उपयुक्त समयमा निर्वाचन आयोगलाई जवाफ दिन्छौँ– राप्रपा | Khabarhub Khabarhub

हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डाबारे उपयुक्त समयमा निर्वाचन आयोगलाई जवाफ दिन्छौँ– राप्रपा


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डाबारे निर्वाचन आयोगलाई उपयुक्त समयमा जवाफ दिने भएको छ । आइतबार बसेको आकस्मिक पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

राप्रपा पदाधिकारी बैठकले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डालगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावनाविपरीत रहेको एवं पूर्वाग्रही भएको भन्दै कानुनी र राजनीतिक उपचार खोज्ने भएको छ ।

राप्रपा केन्द्रीय सदस्य मोहन श्रेष्ठका अनुसार बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगको पत्रबारे पार्टीमा आन्तरिक छलफल गरी उपयुक्त समयमा जवाफ दिने बताएका थिए ।

निर्वाचन आयोगले नेपालको संविधानअनुसार राप्रपाको विधान बाझिएकाले विधानबाट हिन्दु राष्ट्र, राजसंस्था, चुनाव चिन्ह गाई हटाउन पत्राचार गरेको थियो ।

राप्रपा पदाधिकारी बैठकले आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ५ : ५१ बजे

चैते धानमा किसानको आकर्षण

दाङ– बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

वीरगञ्जको अलौमा आगलागी, सात घर जलेर नष्ट

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा

यस्ता छन्, काफल खाँदाका फाइदा

काठमाडौँ– अहिले काफलको सिजन हो । अहिले नेपालका वनपाखामा काफल

ताइवानमा ८० बढी भूकम्पको धक्का

काठमाडौँ– ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी

देशको समृद्धिका लागि सबै एकजुट हुनुपर्छ : सभामुख

काठमाडौँ– सभामुख देवराज घिमिरले देशको समृद्धिका लागि सबै राजनीतिक शक्ति