गृहमन्त्री खाँणद्वारा मुख्यमन्त्री र प्रजिअलाई टेलिफोन | Khabarhub Khabarhub

गृहमन्त्री खाँणद्वारा मुख्यमन्त्री र प्रजिअलाई टेलिफोन


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सीमा नाकाबाट भित्रने नागरिकमा कोभिड–१९ संक्रमणको अवस्था, होल्डिङ सेन्टर र एन्टिजेन्ट परीक्षण लगायतबारे जानकारी लिएका छन् ।

उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमानाका जोडिएका र नजिकका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग त्यहाँको अवस्थाबारे टेलिफोनमार्फत जानकारी लिएका गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए ।

उनले कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसँग शीतलहर तथा कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन भइरहेका प्रयासबारे पनि जानकारी लिएका हुन् ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले गृहमन्त्री खाँणले सीमा क्षेत्रमा एन्टिजेन परीक्षण, स्वास्थ्य सेवा केन्द्रको अवस्था र शीतलहरबाट नागरिकलाई बचाउन भइरहेको प्रयास तथा योजनाबारे जानकारी लिएको बताए ।

उनका अनुसार गृहमन्त्री खाँणले सीमानाकामा जाँच कडाइ गर्न, होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्न तथा शीतलहरमा नागरिकलाई बचाउन विपद्बाट आएको रकमले दाउरा र कम्बल वितरण गर्न निर्देशन दिए ।

गृहमन्त्री खाँणले सीमाबाट भित्रने नागरिक जसको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ देखिन्छ, उनीहरूलाई आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएका स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेशनमा बस्न चाहनेलाई घरसम्म पुर्याउने व्यवस्थाबारे पनि चासो राखेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले परीक्षणका क्रममा पोजेटिभ देखिएकालाई स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेशनमा बस्न चाहनेलाई घरसम्म पु¥याउन गरिएको व्यवस्थाबारे गृहमन्त्री खाँणलाई जानकारी गराइएको बताए ।

“घरमै आइसोलेशनमा बस्न चाहने संक्रमितलाई घरसम्म पुर्याउन गरिएको व्यवस्था बारे जानकारी लिँदै संक्रमितलाई सहजरूपले घरसम्म पुर्याउने व्यवस्था गर्न, होल्डिङ सेन्टरलाई सञ्चालनमा ल्याउन एन्टिजेन परीक्षण बढाउन र पोजेटिभ देखिएका तर, भ्याक्सिन नलगाएकालाई भ्याक्सिनको व्यवस्था गर्न निर्देशन दिनुभयो”, प्रजिअ दाहालले भने ।

गृहमन्त्री खाँणले झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग जिल्लामा कोभिड–१९ को स्थिति, होल्डिङ सेन्टरको अवस्था र एन्टिजेन परीक्षणबारे टेलिफोनमार्फत् जानकारी लिएका प्रेस संयोजक भट्टराईले बताए ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १ : ३४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६