अफगानिस्तानमा तालिवान आतंक: महिला अधिकारकर्मी नै गायब « Khabarhub

अफगानिस्तानमा तालिवान आतंक: महिला अधिकारकर्मी नै गायब



काठमाडौँ– तालिवानले फेरि अफगानिस्तानमा आतङ्क मच्चाएको छ। २० वर्षे गृह युद्धको कारण हजारौँको ज्यान गुमेको अफगानिस्तानमा फेरि एक पटक तालिवान सत्ता स्थापित भएको छ।

दोस्रो पटकको तालिवान सत्तामा पनि महिला नै बढी प्रताडित भएका छन्। यसका बाबजुद उनीहरूमा डर हट्न थालेको छ।

तमाना जर्यानी पर्यानी यसै मध्यकी एक महिला हुन्। जीवनमा पाएका सबै कुरा गुमेपछि उनी सैन्य शक्तिको विरुद्धमा आवाज उठाउन थालेकी छन्। गत साता पर्यानी सहितका दर्जनौँ महिलाले तालीवान सत्ताको विरुद्धमा प्रदर्शन गरे।

शिक्षा र काम गर्न पाउने अधिकारका विषयमा उनीहरूले आवाज उठाएका थिए। यसरी आवाज उठाउनेलाई कालो मरिचको स्प्रेसमेत गरियो। कतिलाई इलेक्ट्रिक सक पनि दिइएको थियो। प्रदर्शनपछि सबै प्रदर्शनकारी घर फर्किएका थिए। उनीहरू डराएका पनि थिए।

प्रदर्शनको केही दिन पछिको राति आठ बजेको कुरा हो। काबुलमा रहेको पर्यानीको अपार्टमेन्टमा सेना पुगेको थियो। उनी दिदी बहिनीसहित घरमा थिइन्। बाहिर ढोकामा लात्तीले हान्न थाले पछि उनी आत्तिएकी थिइन्।

अहिले संसारले तालीवान सत्तालाई स्वीकार गर्न सकिरहेको छैन। अन्तर्राष्ट्रिय सहयोग रोकिएकै कारण अफगानिस्तानमा धेरै जना भोकभोकै मर्ने अवस्था आएको छ।

‘कृपया सहयोग गर्नुहोस् मेरी बहिनी मात्र घरमा छन्’सामाजिक सञ्जालमा उनले पोस्ट गरेको भिडियोमा उल्लेख गरिएको छ। ‘अहिले तिमीहरू यहाँ आउन सक्ने छैनौँ’, डराएको स्वरमा उनले भनी रहेकी थिइन्,‘हामी भोलि कुरा गर्न सक्छौँ। तिमीहरु रातको यस समयमा यी केटीहरूसम्म पुग्ने छैनौं। सहयोग गर्नुस् तालिवान हाम्रो घरमा आए।’ उनले यत्ति भनी सके पछि भिडियो सकिएको थियो।

१५ अगस्टमा तालिवानले सत्ता लिएपछि अफगानिस्तानमा थुप्रै महिला आफ्नै घरमा बन्दी बनाइएको समाचार प्रकाशमा आइसकेका छन्। उनीहरू अहिले असुरक्षित छन्। त्यसो त अफगान संस्कार र संस्कृति अनुसार महिला मात्र भएको घरमा प्रवेश गर्नु नै अपराध मानिन्छ।

महिला प्रहरीलाई बर्खास्त गरेपछि अफगानिस्तानमा महिलालाई सोधपुछ गर्नका लागि महिला अधिकारी छैनन्। तमाना पर्यानी हराएपछि सञ्चार माध्यमले उनको खोजी पनि गरेका थिए। उनको घरमा पुग्दा बाहिर बुटले टेकेको हिलोको दाग देखिएको थियो।

छिमेकीका अनुसार बहिनीका साथ उनलाई पनि लिएर गइएको थियो। त्यसपछि कोही पनि फर्केका छैनन्। यसको मतलब प्रस्ट हुन्छ कि उनीहरूलाई सेनाले नै लिएर गइससकेका छन्।

सोही रात प्रशासनले अन्य महिलालाई पनि निसानामा पारेको थियो। त्यसै दिन पर्वाना इब्राहिमखेल पनि हराएकी छिन्। यद्यपि प्रशासनले उनीहरूलाई लिएर गएको कुरा बारम्बार अस्वीकार गरी रहेको छ।

राष्ट्र सङ्घका लागि तालीवानी दूत बन्ने सोचमा रहेका मानव अधिकारवादी सुहाइ सहिनले यदि प्रशासनले लगेको हो भने स्वीकार गर्नुपर्ने र यसपछि कानुनी बाटो खुला हुने बताउँछिन्। अन्यथा शरणार्थी बन्नका लागि नक्कली सुट गरेको हो भने यसको पनि छानबिन भएर कारबाही हुनुपर्ने बताउँछिन्।

के भन्छन् साथीहरु
पर्यानीकै एक साथीको अनुसार कथा अलि फरक छ। ‘मैले उनलाई बारम्बार असुरक्षित भएको र कतै लुक्न भनी रहेको थिए। जब म यसै विरोधी अभियानमा संलग्न अर्को एक साथी कहाँ पुगे उनले रुँदै भनिन् तालीवानले गिरफ्तार गरे पछि तमानाले सो भिडियो पोस्ट गर्न भ्याएकी थिइन्’, ती साथीको कथन छ।

कतै अधिकारीहरूले महिलामाथि बढी हिंस्रक हुँदै यातना दिनकै लागि खोजी गर्दै हिँडेको त होइन भन्ने प्रश्नसमेत उब्जन थालेको छ।
अहिले संसारले तालीवान सत्तालाई स्वीकार गर्न सकिरहेको छैन। अन्तर्राष्ट्रिय सहयोग रोकिएकै कारण अफगानिस्तानमा धेरै जना भोकभोकै मर्ने अवस्था आएको छ।

तालीवानको शासनसँगै लिङ्गको आधारमा शिक्षामा प्रतिबन्ध लगाउने संसारका एक्लो देश अफगानिस्तान बनेको छ। यसै कारण यस माथिको प्रतिबन्ध हटाउन तथा यस सत्तालाई मान्यता दिन कठिनाइ उत्पन्न भएको छ।

संसार भरका मानव अधिकारवादी महिलाले यो भेदभाव हटाउन आवाज उठाए पनि तालीवान सत्तालाई यसले छोएको छैन। तालीवान अझ बढी कठोर बनेपछि त्यहाँका महिला अहिले उन्मुक्ति खोजी रहेका छन्।

तामाना पर्यानीसहित उनका बहिनी र साथीहरूसँग सत्ताले सजाय दिन सुरु गरेको छ। २० वर्षको लामो प्रयासमा महिलाले पाएको सम्पूर्ण अधिकार गुमी रहेको छ।

२० वर्षमा प्राप्त गरिएका ती हक र अधिकार गुम्न एक महिना पनि लागेको थिएन। अगस्टमा सत्ता लिएको तालीवानले सेप्टेम्बर महिनाको दोस्रो सातामा नै नयाँ नियम लागू गरेको थियो। सोही समयमा महिलाको भिन्न ड्रेस कोड तथा पुरुषसँगै बसेर पढ्न नपाइने नियम लागू गरेको थियो।

१५ अगस्टकै दिन सत्ता लिए लगत्तै तालिवानले महिलालाई सामुदायिक स्वास्थ्यबाहेक अन्यत्रका काम छाडेर घरमै बस्न उर्दी जारी गरेको थियो।

सन् २००१ मा तालिवान सत्ता विस्थापित भएपछि महिला साक्षरतामा दुई गुणाले वृद्धि भएको थियो। सो क्रम पनि अगस्टको यसै घटना पछि रोकिएको छ।

महिला माथिको भेदभाव पछिल्लो समय बढ्दै गएको छ। गत महिनादेखि उत्तरी अफगानिस्तानमा महिला र पुरुषलाई एउटै बाथ हाउस प्रयोग गर्न बञ्चित गरिएको छ। अफगानिस्तानमा जाडोका लागि उपयुक्त ठहरिएको बाथ हाउस बनाइएका हुन्छन्। महिलाले आफूलाई सफा राख्नका लागि त्यही बाथरुम प्रयोग गर्ने प्रचलन थियो। उत्तरी भागमा लगाइएको यस किसिमको प्रतिबन्ध देशका अन्य स्थानमा पनि लगाउन सुरु भइसकेको छ। सरकारले त्यही समयदेखि बाल्ख र हेराथ प्रान्तमा पनि यसै खाले नियम लगाउने जनाइ सकेको थियो।

अफगानिस्तान अधिकारीको पछिल्लो भनाइ र काम गराइमा थुप्रै विरोधाभास देखिएका छन्। तल्लो निकायले एकपछि अर्को कठोर नीति अपनाउँदै आएको छ भने केन्द्रीय सत्ता त्यहाँ रहेको गरिबी हटाउन केन्द्रित भएको बताउँदै आएको छ।

त्यहाँ गरिबीको अवस्था यत्ति विकराल बनेको छ कि संयुक्त राष्ट्र सङ्घ यस वर्षको मध्यसम्मका त्यहाँका ९७ प्रतिशत मानिस गरिबीको रेखा मुनी पुग्ने अपेक्षा गरेको छ।

जाडो समयमा कोइला र काठ बालेर बस्न सक्ने अवस्था पनि धेरैको छैन भने विद्युत् आपूर्ति पनि सहज छैन।

यसरी बाथरुम बन्द भएपछि ३९ प्रतिशत महिलाका लागि मात्र पानी र सफाइका अवस्था सहज हुने जनाइएको छ।

अफगानिस्तानको गैर नाफा मूलक संस्था भिजन फर चिल्ड्रेन इन अफगानिस्तानका विनुस अजीजीले त्यहाँ धेरै जना पानीको पहुँच भन्दा टाढा भएको प्रतिक्रिया दिएका छन्।

हेराथकी २६ वर्षीय लीना इब्राहिम तातो पानी सहितको यो बाथरुम नभएका कारण हमामसम्म नुहाउनाका लागि पुग्ने गरेकी थिइन्। उनले पनि तालीवान सत्ताले राम्रोसँग नुहाउने अधिकार पनि खोसेको प्रतिक्रिया दिएकी छन्।

यसअघि १९९६ देखि २००१ सम्म हमाममा यसरी एउटै बाथरुम प्रयोग गर्न बन्द लगाइएको थियो। सन् २००१ मै अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाको उपस्थितिमा उनीहरूले यो अधिकार फेरि पाएका थिए। ह्युमेन राइट वाचकी हेथर बार सत्ताले अनावश्यक कारणले दुख दिई रहेको प्रतिक्रिया दिन चाहन्छिन्।

तालीवान सत्ताले पछिल्लो समय पसलमा ध्यान दिँदै त्यहाँ लगाइएको पोसाक त्यही अनुसार नभए पसल बन्द गर्न हुन थालेका छन्। तालीवान शासकले उनीहरूको ड्रेस कोड भन्दा फरक पहिरनमा गैर मुस्लिम झैँ देखिएका कारण ड्रेस कोड अनुसार मात्र पसल खोल्न दिने नीति लिएको हो।

धेरै समीक्षक अन्तर्राष्ट्रिय सहयोग नपाएर जन जीवन नै कठिन भएको अवस्थामा सत्ताको यो कठोरताले थप आश्चर्यमा परेका छन्। केही दिन अघि महिला प्रदर्शनकारी गायब बनाइएपछि यसले अन्तर्राष्ट्रिय क्षेत्रलाई अफगानी महिलाको बारे चासो दिन बाध्य बनाएको छ।
एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  १० : ४९ बजे

विनोद शाही मृत्यु प्रकरण : मेयर चलाउनेसहित सात जना पक्राउ

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा किशोर विनोद शाही मृत्यु

एन आई सी को मोबाइल बैंकिङ्ग एप ओम्नि च्यानल एपमा स्तरोन्नति

काठमाडौँ– एन आई सी एशिया बैंकले ओम्नि च्यानल प्रणालीमा आधारित

११ वर्षमा मनसुनजन्य विपद्‍बाट २६ सय ६२ जनाको मृत्यु

काठमाडौँ- मनसुनजन्य विपद्का घटनाले बितेको ११ वर्षमा नेपालमा ठूलो जनधनको

नेप्से परिसूचकको उकालो यात्रा, ५७.६५अंकले बढ्यो

काठमाडौँ- शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक

बर्दिया र रुपन्देहीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ- बर्दिया र रुपन्देहीमा भएको सवारी दुर्घटनामा परी दुई जनाको