जिल्ला अस्पताल उदयपुरमा भेन्टिलेटरसहितको आइसियु सञ्चालन हुँदै | Khabarhub Khabarhub

जिल्ला अस्पताल उदयपुरमा भेन्टिलेटरसहितको आइसियु सञ्चालन हुँदै


९ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको आइसियुसहितको भेन्टिलेटर सञ्चालनको तयारी गरिएको छ ।

कोभिडको दोस्रो भेरियन्टको समयमा स्थापना गरिएको आइसियुसहितको भेन्टिलेटर जनशक्ति अभावमा सञ्चालनमा आउन सकेको थिएन । आइसियु तथा भेन्टिलेटर सञ्चालन गर्न एनेसथेसियलिष्ट विशेषज्ञ चिकित्सक चाहिने भएकाले सञ्चालनमा आउन सकेको थिए ।

दोस्रो भेरियन्टबाट कोभिड महामारीले धेरैको ज्यान लिन थालेपछि जटिल खालका बिरामीको उपचार जिल्लामै गर्ने योजनाका साथ गत वर्ष उदयपुर अस्पतालमा आइसियु र भेन्टिलेटर सेवा दिने तयारीका जडान गरिएको हो । त्यस बेला रातारात गरेको तयारी जनशक्ति अभावका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।

आइसियु र भेन्टिलेटर जडान गरेको डेढ वर्षपछि आवश्यक जनशक्ति सरुवा भई आएपछि आइसियु सञ्चालन हुने भएका हुन् । जटिल खालका कोभिड संक्रमित बिरामीलाई विराटनगर, धरान र काठमाडौँ निफर गर्दा समस्या हुने र भनेका समयमा बेड नपाउने भएकाले जिल्लावासीलाई बचाउन नसकिएपछि जिल्लामै आइसियु र भेन्टिलेटर सुविधाको तयारी थालेका थिए ।

प्रदेश सरकारको १ करोड बजेटबाट आवश्यक सामग्री खरिद गरी अस्पतालमा आइसियु र भेन्टिलेटरका उपकरण जडान गरिए पनि पटक पटक प्रयास गर्दा समेत दक्ष जनशक्ति ल्याउन नसक्दा यन्त्र उपकरण सबै थन्केर बसेको थियो । अस्पतालमा केही दिन अघि मात्र दक्ष जनशक्ति आएपछि आइसियु सेवा सुरु लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मुकेश झाले जानकारी दिए । डा. झासहित १० जना विशेषज्ञ (कन्सल्टेन्ट) डा. भर्खरै अस्पतालमा सरुवा भएर आएपछि आइसियु र भेन्टिलेटर सञ्चालनको तयारी थालेका हुन् ।

अस्पतालमा प्रसूति विशेषज्ञ डा. झा, हाड जोर्नी विशेषज्ञ डा. सशिरन्जन प्रधान, बिशेषज्ञद्वय एनेथेसिया (बेहोस पार्ने) डा. विशाल देव र कौशल तामाङ, जेनेरल फिँजिसिएन विशेषज्ञ डा. राहुल रौनियार सरुवा भई आएका छन् । त्यसैगरी इन्टरनल मेडिसिन विशेषज्ञ डा. अमरेश महतो, डेन्टल सर्जन बिशेषज्ञद्वय डा. नारायण श्रेष्ठ र बेन्जु श्रेष्ठ तथा प्रसूतिकै विशेषज्ञ डा. रितेशराज कर्ण रहेका छन् । मेसु झा सहित जिल्ला अस्पतालमा विशेषज्ञ डा. को संख्या १० जना पुगेको छ ।

१० वर्ष अघि ५० शय्यामा स्तरोन्नति गरिएको अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक आएका थिए । विशेषज्ञ डा. दरबन्दी रहे पनि मन्त्रालयले सरुवा नपठाउँदा अस्पतालले क्षमता अनुसारको सेवा दिन सकेको थिएन ।

हाड जोर्नी, जेनेरल फिँजिसिएन समेत कन्सल्टेन्ट आएपछि गाइनोसँगै अन्य उपचार पनि सहज हुने क्रममा छ । मुटु रोग, नाक कान घाँटी तथा नशा रोग विशेषज्ञ, बालभोग विशेषज्ञ भने अझै खाली रहेको छ । विशेषज्ञ चिकित्सकका लागि आवश्यक उपकरण र भौतिक संरचना उपलब्ध गराउन सके गाईघाटमै विराटनगर र धरानसरहको उपचार सेवा सुरु हुने डा. झा बताउँछन् ।

अस्पतालमा रहेको आइसियु र  भेन्टिलेटर सेवा सञ्चालन तयारी तीव्र पारिएको छ । त्यसका लागि कोठा अभाव र केही उपकरण जडान गर्न बाँकी रहेकाले तत्काललाई बजेटको व्यवस्थापनसँगै सेवा सुरुवातको तयारी भइरहेको छ । आवश्यक बजेटका लागि अस्पतालले बैठक राखेर प्रदेश सरकार समक्ष माग गरी पठाइएको जनाएका छन् ।

अस्पताल भवनको माथिल्लो तल्लासम्म जान र्‍याम नभएका कारण कोठा खाली रहे पनि आइसियु सञ्चालन गर्न नमिलेको बताए । माथिल्लो तल्लाको कोठा प्रयोग गर्न नमिलेका कारण भुइँतलामा रहेको ओपिडीकै दुई वटा कोठा आइसियुका लागि प्रयोगमा ल्याउन लागिएको छ । र्‍याम निर्माण गर्न समय लाग्ने भएकाले आइसियु सञ्चालन सहज गर्न ओपिडी कक्षकै कोठाहरू प्रयोग गर्न लागिएको अस्पतालका सूचना अधिकृत बृखबहादुर खत्रीको भनाई छ ।

आइसियु सञ्चालन गर्न केही भौतिक उपकरण र नर्सिङ प्यारामेडिक (नर्स तथा एचए र अहेब) जनशक्ति पनि जुटाउनु भएकाले त्यसको पहल भई रहेको छ । तत्काल नै आइसियु भेन्टिलेटर सञ्चालनमा ल्याउने र बिस्तारै जनशक्ति र संरचनाको खोजी गर्ने योजना रहेको उनको भनाई रहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ६ : ३० बजे

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

झापा– १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ बस्ने २१

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर

अर्थमन्त्री पुनको अमेरिका भ्रमण : माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित 

काठमाडौं– संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण

वाणिज्य बैंकहरूको नाफा घट्यो, नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक अवधिमा बैंकहरूको नाफामा

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी