लेबनानी राष्ट्रपतिसँग शिष्टाचार भेट गरी प्रधानसेनापति प्रभुराम शर्मा सिरिया प्रस्थान « Khabarhub

लेबनानी राष्ट्रपतिसँग शिष्टाचार भेट गरी प्रधानसेनापति प्रभुराम शर्मा सिरिया प्रस्थान


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लेबनानको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका राष्ट्रपति मिसेल आउनसँग शिष्टाचार भेट गरेका छन् । गत असार ४ गतेबाट विदेश भ्रमणमा गएका प्रधानसेनापति शर्मा आजै लेबनानको पूर्वी छिमेकी सिरियातर्फ लागेका छन् ।

नेपाली सेनाले जनाएअनुसार उनले बुधबार राष्ट्रपति आउनसँग भेटवार्ता गरेका हुन् । शान्ति स्थापनार्थ लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय मिसन युनिफिलको निरीक्षणका लागि उनी त्यहाँ पुगेका हुन् ।

पाँच दिने लेबनान भ्रमण सकेर उनी सिरियातर्फ लागेको नेपाली सेनाले जनाएको छ ।

उनले त्यहाँ सिरिया र इजरायलबीच रहेको विवादित भूमिमा तैनाथ राष्ट्रसंघीय मिसान युएनडीओएफको निरीक्षण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ९ : ४३ बजे

टेस्ट क्रिकेट: न्युजिल्यान्डबिरुद्द इङ्ल्यान्डको ‘क्लिनस्विप’

काठमाडौँ – इंग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले

गाउँपालिका अध्यक्षको गाडी वृद्धवृद्धा र अशक्तका लागि

वीरगञ्ज – पर्साको बिन्दबासिनी गाउँपालिका अध्यक्षको गाडी अब पालिकाका वृद्धवृद्धा

कंग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवमाथि बलात्कार आरोप

नयाँ दिल्ली – भारतमा कंग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध

मनसुनको समयमा लाग्ने रोग र बच्ने उपाय

मनसुन सुरु भएपछि अहिले कतिबेला पानी पर्छ। कतिबेला घाम लाग्छ

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकमा आज प्रतिवेदनमाथि छलफल

काठमाडौँ – सत्तारुढ नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज