म्यान्चेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि | Khabarhub Khabarhub

म्यान्चेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यान्चेस्टर सिटीले यो सिजन इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ । घरेलु मैदान इत्तेहाद स्टेडियममा एस्टन भिल्लालाई ३–२ गोलअन्तरले पराजित गर्दै सिटीले उपाधि उचालेको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा म्याटी क्याशको गोलबाट एस्टन भिल्लाले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ६९ औं मिनेटमा फिलिपे कोटिन्होले गोल गर्दै एस्टन भिल्लाको अग्रता २–० पुर्‍याए ।

तर दोस्रो गोल खाएको सात मिनेटपछि सिटीका इल्काए गुन्डुवानले गोल गर्दै एस्टन भिल्लाको अग्रता २–१ मा झारे । त्यस्तै, त्यसको दुई मिनेटपछि सिटीका रोड्रीले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।

तर खेलको ८१ औं मिनेटमा गुन्डुवानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–२ को जित दिलाए ।

यससँगै सिटीले समग्र ३८ खेलबाट ९३ अंक बटुल्दै यो सिजनको प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो भएको लिभरपुलको भने सिटीको भन्दा एक अंक कम छ ।

त्यस्तै यो सिजन सिटी र लिभरपुलसँगै चेल्सी र टोटनह्यामले युएफा च्याम्पियनसिप खेल्ने भएका छन् । यता बर्नली, वाटफर्डनर्विच सिटी पुछारमा रहँदै रेलिगेसनमा परेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ११ : १० बजे

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की