काठमाडौँ महानगरपालिका–८ मा कांग्रेसको प्यानल विजयी | Khabarhub Khabarhub

काठमाडौँ महानगरपालिका–८ मा कांग्रेसको प्यानल विजयी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका–८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत प्यानलैसहित विजयी भएका छन् ।

सङ्गतले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतान्तरले पराजित गरेका हुन् ।

सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरे । त्यसैगरी सदस्यमा कांग्रेसका शेखर देउला र सलोनी वडारी विजय भएका छन् ।

महिला सदस्यतर्फ कांग्रेसकी सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसााल विजयी भएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

हाल कामपा–१, २, ३ ,४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना जारी छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेका थिए ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ११ : ५७ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको